2026-09-13 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटक तान्दै माझठानाका झरना

हरि बाँस्तोला । असार २१, पोखरा। पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०÷६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीयरुपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।

झरनामध्ये रोलाखोला झरना ६५ मिटर उचाइको छ भनेसँगैको अर्को ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको छ । जेठ महिनादेखि मङ्सिरसम्म झरनामा पर्याप्त पानी हुने भए पनि बाँकी महिना भने पानीको मात्रा कम हुने गरेको छ । दुईवटै खोलाबाट पाइप विस्तार गरी खानेपानीको व्यवस्था गरेपछि झरनामा पानी घटेको हो । खानेपानीको अन्य विकल्प सोच्ने हो भने १२ महिना नै झरना देख्न सकिने सम्भावना छ । 

यसअघि २०७३ सालमा स्थानीय पहलमा नेटादेखि झरनासम्म पुग्ने मोटर बाटो निर्माण गरिएसँगै सो क्षेत्रमा बाँझो र सुक्खा जमिनमा सिँचाइ सुविधा पु¥याइएको थियो । सिँचाइसँगै उत्पादनमा वृद्धि हुनुका साथै यो स्थल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको रोलाखोला निलिरह पर्यटन पूर्वाधार समितिका अध्यक्ष भोजराज भूर्तेलले जानकारी दिनुभयो ।

“पहिले झरनासम्म मानिससमेत पुग्नसमेत अप्ठ्यारो थियो, नयाँ ट्र्याक र सिँचाइ कुलो निर्माणमा रु १५ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो, “बाटो निर्माणसँगै यतिखेर झरनाले पर्यटकीय गन्तव्यको रुप लिएको छ ।” बाटो निर्माणपछि झरनाको आकर्षण बढेको र सिँचाइ कुलोले सयौँ रोपनी बाँझिएका जमिनमा अहिले रोपाइँ भइरहेको स्मरण गर्दै उहाँले त्यसका लागि स्थानीय बाँस्तोला समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

झरनासम्म पुग्नका लागि कच्ची मोटर बाटो निर्माण भएसँगै पर्यटन पूर्वाधार समिति एवं स्थानीय जनप्रतिनिधिसहितको भेलाले ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिलाई क्यानोनिङ सञ्चालन र पूर्वाधार विकास गर्न पाँचवर्षे सम्झौता गरेको थियो ।

पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीका अनुसार यस स्थललाई स्थानीय बासिन्दासँगको सहकार्यमा वडाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । “झरनाको प्रचारप्रसारका साथै आवश्यक भौतिक संरचना निर्माणमा गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय पहल एवं जागरुकता अपरिहार्य छ ।” झरनासम्म पुग्ने बाटो, पानी पर्दा ओत बस्ने ठाउँ, चेन्जिङरुम, शौचालय जस्ता अत्यावश्यक भौतिक संरचना तयार गरेर आगन्तुक आन्तरिक एवं बाह्य पर्यटकलाई सुविधा पु¥याउन तत्काल पहल गरिने उहाँले बताउनुभयो । 

यहाँको प्राकृतिक सुन्दरतालाई पर्यटन बजारमा प्रवद्र्धन गर्दै स्थानीय उत्पादनसँग जोडेर थप आयआर्जन गरिने उहाँले बताउनुभयो । स्थानीयवासी सूर्य बाँस्तोलाका अनुसार प्रचारप्रसारको अभावमा पनि पछिल्लो समय झरनामा क्यानोनिङ गर्ने, हेर्ने, र छहराको शीतलतामा रमाउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

“एकै स्थानमा दुई वटा झरना कमै स्थानमा पाइने भए पनि  प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो एक महिनादेखि दैनिक ५०० देखि एक हजार ५०० दर्शकले झरनाको अवलोकन गर्दै आनन्द लिदै आएका छन् ।”

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म विशेषतः युवावर्गको घुइँचो लाग्ने गरेको बताउँदै उहाँले झरनालाई स्थानीयवासीको आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीका अनुसार यतिखेर झरनामा आन्तरिक पर्यटकको आकर्षण बढे पनि साहसिक खेल क्यानोनिङ गर्नेको सङ्ख्या भने बढ्न सकेको छैन ।

उहाँका अनुसार संस्थाले क्यानोनिङका लागि नेपालीलाई प्रतिव्यक्ति रु एक हजार ५०० एवं बाह्य पर्यटकको हकमा भने प्रतिव्यक्ति ७० डलर निर्धारण गरेको छ । पाँच जनाको समूहमा आएमा जनही ६० डलर र त्योभन्दामाथिको सङ्ख्यामा एक जना बराबर ५० डलर शुल्क लिने व्यवस्था गरिएको छ । झरनामा क्यानोनिङका लागि आवश्यक पूर्वाधार निर्माणमा छ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

कम्पनीले सो स्थानमा पुग्ने पर्यटकको सुविधाका लागि दुवै झरनाको बीचभागमा करिब ५० जना दर्शकलाई ओत बस्ने ट्रष्ट भवन, चेञ्जिङरुम र शौचालय निर्माण गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ । 

पोखरा अर्घौका २१ वर्षीय प्रदीप अधिकारीले रोला झरनाको क्यानोनिङ अन्यत्रकोभन्दा सुरक्षित र आनन्ददायी भएको अनुभव सुनाउनुभयो । गर्मी मौसममा चिसोपानीसहितको झरनामा डोरीको सहायताले ६५ मिटरको उचाइबाट झर्दा छुट्टै आनन्दको महसुस भएको उहाँले बताउनुभयो । प्रचारप्रसारको अभावका साथै पूर्वाधार विकास हुन नसकेका अवस्थमा पनि झरनामा आउनेको सङ्ख्यामा दिनानुदिन वृद्धि भएको स्थानीय राधाकृष्ण भूर्तेल बताउनुहुन्छ । पृथ्वीराजमार्गको तालचोकदेखि वेगनासताल खण्डकको शिशुवा तथा मोहोरीयाबाट लामास्वारा, स्याखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ । बाटोमा पोखराको तालमध्येको दोस्रो ठूलो वेगनासताललाई विभिन्न आकारमा देख्न सकिन्छ भने आसपासका अन्य ताललाई पनि नजिकबाट नियाल्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले