2026-08-29 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असारमा मार्सी धान गोडमेलको चटारो

असार २९, जुम्ला । रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न शुरु गरिने यहाँको धान अहिले गोडिएको हो ।

कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दीको पालना गर्दै यस वर्षको रोपाइँ सम्पन्न गरेका किसानले अहिले गोडमेलको कामलाई दैनिक खेतमा बिताइरहेका देखिन्छन् । यस समयमा महिलाले गोडमेल गर्ने र पुरुषले खेत छाल्ने काम गर्छन् । मार्सी धान गोड्न निकै मेहनत लाग्ने किसानले बताएका छन् । धानबाहेकका सबै झारपात उखेलेर फाल्नुपर्ने भएकाले निकै सङ्घर्ष हुने गरेको किसानले बताएका छन् ।

अन्य बालीभन्दा धानमा बढी नै दुःख गर्नुपर्ने भएको चन्दननाथ नगरपालिका–३ का धनबहादुर बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बेर्ना राख्नेदेखि गोडमेल र धान भित्र्याउँदासम्म मार्सीलाई अन्य धानभन्दा बढी स्याहारको आवश्यकता हुन्छ । जिल्लाको तातोपानी गाउँपालिकामा रहेको लाछु ज्यूलोमा पनि अहिले किसान मार्सी गोड्न व्यस्त छन् । बाह्रौँ शताब्दीमा मार्सी धान सबैभन्दा पहिले रोपिएको सो ज्यूलामा निकै राम्रो धान उत्पादन हुने गरेको छ । यसैगरी सिञ्जा क्षेत्रमा पनि प्रशस्तै मार्सी धान उत्पादन हुने गरेको छ ।

पछिल्लो समयमा ब्लास्ट रोगले हैरान बनाएकाले धान धेरै मात्रामा खेर जानेसमेत गरेको पाइन्छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेदेखि खेतमा औषधि हाल्नसमेत रोक लगाइएको बताउनुुभयो । “प्राङ्गारिक जिल्लाको पूर्वाधार तयार गर्ने कार्यक्रम अबको आवश्यकता हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार जुम्लामा एक हजार ३०० हेक्टर जमीनमा मार्सी धान रोपिने गरेको छ ।

यता कृषि अनुसन्धान कार्यालयले मार्सी धान रोगले जोगाउन कठिन भएकाले मार्सीको विकल्पमा चन्दननाथ–१ नामक धानसमेत अनुसन्धान गरी रोप्न शुरु गरिएको जानकारी दिएको छ । पछिल्लो समयमा चन्दननाथ १ को खेती विस्तार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो