2026-08-29 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवरुद्ध कर्णाली राजमार्ग खुला

साउन २१, जुम्ला । अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार  साउन १३ गते  खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उहाँले भन्नुभयो, “पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको टाकुल्ला खोलामा पुल नभएकाले र खल्लाघाटको माथिल्लो पुलमा समस्या आउने देखिन्छ ।” 

कर्णाली राजमार्गको कालीकोट सडकखण्डका दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालिगाड, भैँसीगौंडा, टिमुरेभिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायत करीब ५० स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटकपटक दुःख भोग्नुपरेको गुनासो गर्नुभयो ।

ग्याबिन जाली पर्खाल निर्माण

जुम्लामा यसपटक लामो वर्षापछि आएको बाढीपहिराले ठूलो क्षति गरेको छैन । देशभर बाढीपहिरो बितण्डा मच्चाइरहेका अवस्थामा जुम्लामा कुनै घटना नभएपछि सुरक्षित महसुस गरिएको हो । यस्तै बाढीपहिराको जोखिम ध्यानमा राखी हिमा गाउँपालिका–७  कुडुगाउँमा १९० मिटर ग्याबिन जाली भर्ने काम गरिएको छ । अनुकूलन कोष, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम(डब्ल्युएफपी)को रु २५ लाख ८७ हजार ७९० सहयोगमा पहिरो रोक्नका लागि ग्याबिन जाली भर्ने काम गरिएको हो ।

गाउँबस्तीदेखि माथि सिँचाइ नहर भएकाले पानी चुहिने र वर्षाका समयमा पहिरो जाने सम्भावना देखिएकाले गाउँपालिकाको समन्वयमा ग्याबिन जाली भर्ने काम भएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले बताउनुभयो । त्यसैगरी पुरोना सिँचाइ नगरबाट पानी चुहिने भएकोले रु नौ लाख १६ हजार ३३१ मा १८८ मिटर नहरको पनि पुनःनिर्माण गरिएको छ ।

कोष, वन मन्त्रालय र डब्ल्युएफपीको सहयोग तथा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाद्वारा सञ्चालित खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकूलन परियोजनाअन्तर्गत रु ४१ लख ९९ हजार ५५२ मा नहर पुनःनिर्माण र ग्याबिन जाली भर्ने काम भएको हो । यसै बजेटभित्र रु एक लाख नौ हजार ६७८ मा हातेऔजार खरीद, रु ५९ हजार ५०० व्यवस्थापन खर्च र रु पाँच लाख २६ हजार २५२ बजेट बराबर समुदायको श्रमदान पनि रहेको जनाइएको छ ।

यसबाट ७८ घरधुरीका ४९५ जनसङ्ख्या लाभान्वित भएको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस परियोजनाबाट स्थानीयवासी पनि बाढीपहिराबाट सुरक्षित भएको छ, सिँचाइबाटअन्नबाली उत्पादन वृद्धि हुने भएको छ ।” छिमेकी जिल्ला कालीकोटमा बाढीपहिराले धनजनको क्षति भइरहेका अवस्थामा जुम्लामा यही साउनको तेस्रो सातासम्म त्यस्तो कुनै पनि घटना नभएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिराका कारण कुनै घटना भएका खण्डमा तत्काल उद्धार तथा राहतका सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले तयारी गरेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो