कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्म"/>
2026-10-15 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनता आवास कार्यक्रम : जुम्लामा २५० घर निर्माण

साउन २२, खलङ्गा । जनता आवास कार्यक्रमअन्तर्गत जुम्लाका आठवटै स्थानीय तहमा दतिल बस्तीका २५० घरपरिवारले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो । पूर्वधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०७६÷७७ मा रु आठ करोड ४० लाखको लागतमा सो घर निर्माण गरिएको हो ।

तीमध्ये चन्दननाथ नगरपालिकामा ३२, तातोपानी गाउँपालिकामा २९, पातारासीमा २६, गुठीचौरमा ३८, हिमामा ३०, सिञ्जामा ३०, तिलामा ३० र कनकासुन्दरी गाउँपालिकामा ३५ घर निर्माण भएको पूर्वाधार विकास कार्यालय जुम्लाका निमित्त प्रमुख टङ्कप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुुसार सो घर निर्माणका लागि रु तीन लाख ३६ हजारका दरले खर्च भएको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि यहाँका गरिब तथा विपन्न दलित घरपरिवार खुशी भएका छन् । वर्षौं देखि पम्परागत घरमै बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुशी भएका हुन् ।

सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाइदिएपछि खुशी भएको तिला गाउँपालिका–१ मुनबहादुर परियारले बताउनुभयो । वर्षौँदेखि माटोको घरमा बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीजस्ता गरिब घरपरिवारले त्यस्तै घर निर्माण गर्न सपनाजस्तै थियो, पानी परे पूरै घर पानी मात्र हुन्थे अब ढुक्कले छानामुनि बस्न पाइएको र घर पाउँदा जति पानी र हिउँ परे पनि ढुक्कले छानामुनि बस्न पायौ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने