नन्दराम जैशी | साउन १३ जुम्ला | गरिबि निवारण कोषको आर्थिक सहयोगमा खुद्रा पसल ब्यवसाय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १३ जुम्ला | गरिबि निवारण कोषको आर्थिक सहयोगमा खुद्रा पसल ब्यवसाय "/>
2026-08-29 07:07 AM
अर्थ/विकास

गरिबि निवारण कोषको सहयोगमा संचालित खुद्रा पसल ब्यवसाय फस्टाउदै

नन्दराम जैशी | साउन १३ जुम्ला | गरिबि निवारण कोषको आर्थिक सहयोगमा खुद्रा पसल ब्यवसाय संचालन गर्नु भएका जुम्ला मालिकाठाटा १ पुरु का जयविर नेपालीको ब्यवसाय फस्टाउदै गएको छ । विगत ५ बर्ष यता गाँउमा खुद्रा पसल ब्यवसाय गर्नु भएका नेपालिले घर खर्च संचालनका लागि उक्त उत्तम भएको बताए । अन्य ब्यवसाय गर्न नसकिएपनि आर्थिक अवस्था कमजोर भएका ब्यक्तिका लागि सामान्य घर खर्च संचालन गर्न खुद्रा पसल ब्यवसाय उत्तम भएको नेपालि तर्क गरे ।    

नेपालिले भन्नुभयो, गरिबि निवारण कोषले गाँउमा सामुदायिक संस्था स्थापना गरेपछि २५ हजार रुपैया ऋण लिएर खुद्रा व्यापार शुरु गरेको छु, पहिला छोराछोरीको पढाईसँगै घरखर्च जुटाउन हम्य हम्य हुन्थ्यो, हाल खुद्रा व्यापार शुरु गरेदेखि सानो ठुलो समस्याको लागि कसैको मुख ताक्नु पर्ने अबस्था छैन । ऋणलाई आम्दानी हुने क्षेत्रमा लगानी गर्न सके सबैको जीवनशैलीमा परिवर्तन आउनु कुनै समय कुर्नु नपर्ने उनले तर्क गरे । कुनै पनि व्यापार व्यवसायबाट साचे अनुरुपको आम्दानी लिनको लागि ब्यवसायमा निरन्तरताको आबश्यकता रहेको उनको भनाई छ ।

ऋण सहि लगानि गर्नसके श्रम गर्नेहरुको लागि गरिबी निवारणकोष दाता भएको भन्दै अर्कोतिर बालबालिकाहरुको सुनौलो भविष्यको लागि व्यवासय गर्नु बाध्यता पनि रहेको नेपालिको धारणा छ । गरिबी निवारण कोषले गरेको काम न्युन आयस्तर भएकाको लागि प्रभावकारी रहेको र ऋण लगानी गरिसकेपछि त्यसको उपलब्धीका लागि पनि बेलाबेलामा सरोकारवाला निकायद्धारा सहि अनुगमन तथा निरिक्षण गर्नु पर्नेमा स्थानियको जोड छ ।

आर्थिक अबस्था न्युन भएका घरपरिवारको जीवन स्तर उकास्ने उद्देश्य अनुरुप गरिबी निवारण कोषले आबश्यकताको आधारमा ऋण उपलब्ध गराएपछि स्थानिय स्तरमा धेरैको जीवनशैलीमा परिवर्तन भएको हिमाली एकिकृत विकास केन्द्र जुम्लाका कार्यक्रम संयोजक मुन बहादुर नेपालीले बताए ।

विदेशीने जुम्लाका युवाहरुले जिल्लामै श्रम गरे गरिबी निवारण कोषले आबश्यकताको आधारमा ऋण उपलब्ध गर्ने गरेको जानकारी गर्दै विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमा आत्मनिर्भर बनाउन गरिबी निवारण कोषले आयआर्जन मुलक कार्यक्रम संचालन गरीरहेको उनको भनाइ छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो