३ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाबाट जोडियो डोल्पा

२६ आश्विन २०७७, सोमबार ११:३९

असोज २६, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गाबाट डोल्पा जोड्न दानसाँघुमा पक्की पुल निर्माण भएपछि औपचारिक रुपमा जुम्लासँग डोल्पा जोडिएको छ । पुल नहुँदा सवारीसाधन बर्खायाममा चल्न सक्दैनथे । हिउँदमा हिउँ र बरफ जम्ने भएकाले यातायातका साधन सञ्चालनमा कठिनाइ थियो । 

दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले सहजै डोल्पाको काइगाउँसम्म सवारी साधन निर्बाध रुपमा चलेका ट्र्याक्टर चालक जयकृष्ण थापाले बताउनुभयो । पक्की पुलको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्घाटन गरेपछि डोल्पासँग जुम्ला प्रत्यक्ष रुपमा जोडिएको हो ।

यसअघि डोल्पा–जुम्ला दैनिक उपभोग्य सामान खच्चरबाट ढुवानी हुने गरेको थियो । अब ट्र्याक्टर र ट्रकबाट पनि उपभोग्य सामग्री डोल्पा पुर्याउन सहज हुने भएको स्थानीय व्यापारी पदम कार्कीले बताउनुभयो । २०६८ साल असार १५ गते ठेक्का सम्झौता भएर पक्की पुल निर्माणको काम अघि बढेको थियो । देश सङ्घीयतामा गएपछि सो पुल निर्माण कार्य अन्योलमा थियो । पछिल्लो समयमा पूर्वाधार विकास कार्यालय कर्णाली प्रदेशले जिम्मेवारी लिएपछि पक्की पुल निर्माणको काम सकिएको हो ।

अहिले सहजै सवारी साधन सञ्चालन हुने गरेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले निर्माण कार्य प्रारम्भ गरेको पुलको फेरि डिजाइन गर्नुपर्ने भएकाले ढिलो निर्माण भएको हो । 

इन्जिनीयर दीपसागर ढुङ्गानाका अनुसार  पुल निर्माण भएपछि जुम्लाको गुठिचौर गाउँपालिकासहित डोल्पा र जाजरकोट जान सजिलो भइरहेको बताउनुभयो । डोल्पा जुम्लासँग जोडिएपछि स्वास्थ्य, शिक्षा र पर्यटनका हिसाबले जुम्लालाई टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रविअली मनिहारले बताउनुभयो । जिल्लाको पर्यटकीय क्षेत्र गुठिचौर, चोत्रा घरबास हुँदै डोल्पाको दुनैदेखि से–फोक्सुण्डो यात्राका लागि पनि सहज हुने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय आफ्नो फोटो जलाउनेलाई पक्राउप्रति प्रचण्डको आपत्ति नेप्से परिसूचकमा २१ अङ्कको गिरावट राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित) होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको हत्या प्रकरण: सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु अमेरिकी भिसा नपाउने सूचीमा भुटान: नेपालको शरणार्थी काण्ड दोषी भएको भुटानी मिडियामा चर्चा सामाजिक सञ्जालमा प्रचण्डको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी नेपाल र हङकङबीचको खेल रद्द यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता मुख्यमन्त्रीको निर्देशनपछि सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी बल कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने छलफल सुरु भएको माओवादीको खुलासा धनुषामा चोकको नाममा विवाद हुँदा दुई पक्षबीच झडप, प्रहरीले हान्यो आश्रुग्यास परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, के होला प्रधानमन्त्री ओलीको भारत भ्रमण ‘जिन्दगी चल्न त चल्या छ…’ गीत सुन्न सरकारलाई रास्वपा सांसदको सुझाव ट्रम्पको आदेशमा अमेरिकाले गर्‍यो यमनमा आक्रमण …अनि संसदमा ज्ञानेन्द्र शाहीले प्रतिप्रश्न गरे- मदन भण्डारीको हत्याको याद आएन ? प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद