५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास

१५ कार्तिक २०७७, शनिबार १४:२७

कात्तिक १५, नारायणपुर । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन गरेर विद्युत्को सहज व्यवस्थापनका लागि पहिलो चरणमा गरेको परीक्षण सफल भएको हो । हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरण सफल भएको जानकारी सहितको पत्र गढवा गाउँपालिकामा आएको वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिनुभयो । कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सैं घण्टा विद्युत् आपूर्तिका लागि हावाबाट विद्युत् उत्पादनको परीक्षणको काम सफल भएको सिद्दिकीले बताउनुभयो । 

हावाबाट विद्युत् उत्पादन भएमा कोइलावास नाकाका २५० घरधुरी लाभान्वित हुने उहाँको भनाइ छ । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण भएर परीक्षणका लागि ट्रान्समीटर पनि जडान भइसकेको छ । कोइलाबास नाका क्षेत्रमा विद्युत् सेवा भए पनि नियमित हुन नसक्दा स्थानीयले सास्ती पाउँदै आएकोमा अब हावाबाट विद्युत् उत्पादनको काम अघि बढेको अध्यक्ष सिद्दिकीले बताउनुभयो । विश्व बैंकको सहयोगमा हावाबाट बिजुली उत्पादन गर्ने काम शुरु भएको हो ।

त्यस्तै बङ्गलाचुली–२ पुरुङछेडामा गरिएको परीक्षण पनि सफल भएको छ । जिल्लाका दुई स्थानमा गरीएको परीक्षण पहिलो चरणमा सफल भएकोले स्थानीयवासी खुशी भएका छन् । गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भैरहेको थियो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको थियो । पहिलो परीक्षण सफल भएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिनुभयो । जिल्लाका ती दुवै स्थानमा ८० मिटर अग्लो टावर निर्माणगरी पङ्खा जडान गरिएको थियो । “टावरले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछौँ”, ईञ्जिनियर दुलालले भन्नुभयो । पहिलो वर्षको परीक्षण सफल भए पनि एक वर्षको परीक्षणले मात्रै नहुने भएकोले अर्को एक वर्ष पनि परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

“दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत् उत्पादन शुरु हुन्छ, पहिलो वर्ष सफल भएका छौँ, आशा गराँै अर्को वर्ष पनि सफल हुने छौँ”, उहाँले भन्नुभयो । इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रति सेकेण्ड हुनुपर्छ । हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने छ । अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि देशका सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ