राजविराज | सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकास्थित कोशी पश्चिमी नहरछेउमा बुधबार एक किशोरीको बलात्कार भएको छ ।
सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार घरबाट राजविराजस्थित क्याम्पसतर्फ साइकलमा गइरहेकी १५ वर्षीया किशोरीको बलात्कार भएको हो ।
बुधबार बिहान ५ बजेर ४५ मिनेटको समयमा क्याम्पसतर्फ गइरहेकी ती किशोरीलाई विष्णुपुर गाँउपालिका ७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी डिलछेउमा एक युवकले बलात्कार गरेको डीएसपी बस्नेतले बताए । प्रतिकार गर्ने क्रममा किशोरीको बाँया हात भाँचिएको र शरीरका विभिन्न भागमा नीलडाम रहेको बस्नेतले जानकारी दिए ।
पीडितको जाहेरीका आधारमा आरोपी अकलेशकुमार मण्डललाई नियन्त्रणमा लिएर सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले जनाए ।