नन्दराम जैशी | साउन १६, जुम्ला | साना जलविधुत् उपभोत्ता समिति जुम्लाद्धारा आर्थिक पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १६, जुम्ला | साना जलविधुत् उपभोत्ता समिति जुम्लाद्धारा आर्थिक पा"/>
2026-08-29 07:10 AM
अर्थ/विकास

जलविधुत् उपभोत्ता समितिले आर्थिक हिनामिना गरेको उपभोत्ताहरुको आरोप

नन्दराम जैशी | साउन १६, जुम्ला | साना जलविधुत् उपभोत्ता समिति जुम्लाद्धारा आर्थिक पारर्दशिता कायम नभएको भन्दै आर्थिक हिनामिना भएको विधुत् उपभोत्ताहरुको आरोप छ । समितिले सार्बजानिक गरेको प्रतिबेदन अनुसार भए गरेका हरेक गतिविधिमा समितिका पदाधिकारीले आर्थिक पारर्दशिता कायम नगरेको उपभोत्ताहरुले बताएका छन् । साना जलविधुत् उपभोत्ता समिति जुम्लाको शनिबारदेखि जिल्लामा जारी दोस्रो साधारण सभामा सहभागि विधुत् उपभोत्ताहरुले आफ्नो भनाइमा यस्तो तर्क गरेका हुन् ।      

समितिले हरेक बर्ष गर्नुपर्ने साधारण सभा नगरेको, समयमै सार्बजानिक सुनुवाइ र सामाजिक लेखा परीक्षण लगाएतका महत्वपुर्ण कार्यमा आर्थिक पारर्दशिता कायम नभएको भन्दै समितिले आर्थिक हिनामिना गरेको उपभोत्ताहरुको भनाइ छ । समितिले उपभोत्ताबाट समयमै विधुत् महसुल लिने र यदि समयमै विधुत् महसुल नतिरेमा हर्जना लिने तर जनताको मागका आधारमा विधुत् सप्लाइ नभएको उपभोत्ताहरुको भनाइ छ । उपभोत्ता चेतन बहादुर रावलले भन्नुभयो, समितिले सेवा घटाउदै लोडसेडिङ बढाएको छ, तर उपभोत्ताले समयमै महशुल नतिरे हर्जना तोकिन्छ, यो सरासर उपभोत्ता ठग्ने र आर्थिक घोटला गर्ने काम हो ।

उपभोत्ता प्रयागदत्त उपाध्यायले भन्नुभयो, विधुत्को क्षमता विकास र सेवा विस्तारका लागि बाराम्बार डेलिकेशन गर्ने र संभाब्यता अध्ययन गर्ने कार्य भएका छन् । तर काम शुन्य भएको छैन, त्यसैमा लाखौ रकम खर्च भएको छ कसरी समितिले आर्थिक पारदर्शिता देखाउछ । जयराज भारतिले समितिले कर्मचारी बाहेक अन्य ब्यक्तिलाइ पेश्की दिएको र बार्षिक साधारणसभा गर्न नसकेकोमा आप्पति जनाउनु भयो । देवि बहादुर सेजुवालले विधुत्को क्षमता विकास र सेवा विस्तारका लागि आफै डेलिकेशनमा संलग्न भएपनि डेलिकेशनमा भएको खर्चको बिवरण आफैलाइ चित्त नबुझेकोमा टिप्पणी गर्नुभयो ।

हरी बहादुर खत्रिले समितिले सार्बजानिक गरेको आर्थिक प्रतिबेदनमा आम्दानि र पेश्की रकमलाइ खर्चमा उल्लेख गरीएकोमा टिप्पणी गर्दै प्रतिबेदनमा अडिटरको पारीश्रमिक उल्लेख नभएकोमा ध्यानाकर्षण गराउनुभयो । गोर्ख बहादुर पँछाइले जुम्ला सदरमुकामलाइ आपुर्ति गर्न नसकिने विधुत्ले ६ नं प्रदेशको राजधानि जुम्ला बनाउछँु भन्ने कल्पना गर्न नहुने बताउनुभयो । हरी बहादुर डाँगिले आर्थिक पारदर्शिता नगर्ने समिति भष्ट रहेको उल्लख गर्नुभयो । सभामा बोल्ने अधिकांस उपभोत्ताहरुले साना जलविधुत् उपभोत्ता समितिले काम भन्दा उपभोत्ताबाट संकलन गरीएको रकम खर्च गर्ने क्रिायाकलाप बढि गरेको धारणा राखेका थिए । समितिले गरेका सबै ठुला काम र खर्चक बिल सार्बजानिक गर्न उपभोक्ताहरुको अनुरोध छ ।  

शनिबारदेखि जारी साधारण सभामा समितिका कोषाअध्यक्ष तिलक खत्रिले आर्थिक बर्ष २०६९ देखि ०७३ सम्मको आय ब्यय विवरणको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ । जसमा गत आर्थिक बर्ष २०७२÷०७३ को कुल जम्मा आम्दानि रकम १ करोड २२ लाख ५४ हजार ३ सय ३६ रुपैया रहेको बताइएको छ । कुल जम्मा आम्दानि रकममा ८० लाख ७८ हजार ५ सय ३५ रुपैया खर्च भएको आर्थिक प्रतिबेदनमा उल्लेख गरीएको छ ।

भने बाँकि ३५ लाख ११ हजार ९ सय २२ रुपैया बैंक मौज्दात रहेको जनाइएको छ ।  साधारण सभामा पुर्व सांसद देविलाल थापाको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष बिष्णु बहादुर बुढ्थापाको अध्यक्षतामा संचालन भएको हो । साधारण सभाबाटै समितिको नँया कार्य समिति पनि चयन हुने भएकाले छलफल लम्भीएको हो । निर्माणब्यवसायि संघ जुम्लाको हलमा संचालन भएको साधारणसभामा हिजो साँझसम्म पनि छलफल नसकिएपछि आजका लागि पुन बोलाइएको छ । आज बिहान १० बजेपछि उद्योग बाणिज्य संघको सभाहलमा छलफलका लागि सबैलाइ अनिवार्य उपस्थीत हुन साना जलविधुत् उपभोत्ता समिति जुम्लाले आग्रह गरेको छ ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो