नन्दराम जैशी, साउन २१ जुम्ला । जुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुको गत आर्थिक बर्ष ०७२/७३ को योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बुधबारबाट शुरु भएको दुइ दिने बार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थीत सरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, साउन २१ जुम्ला । जुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुको गत आर्थिक बर्ष ०७२/७३ को योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बुधबारबाट शुरु भएको दुइ दिने बार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थीत सरक"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा ३० कार्यालयद्धारा गत आब ०७२/७३ को योजना तथा कार्यक्रमको बार्षिक समिक्षा

२०७३, २१ श्रावण शुक्रबार ०३:२९

नन्दराम जैशी, साउन २१ जुम्ला । जुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुको गत आर्थिक बर्ष ०७२/७३ को योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बुधबारबाट शुरु भएको दुइ दिने बार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थीत सरकारी तथा गैर सरकारी कार्यालयहरुले गत आर्थिक बर्ष ०७२/७३ मा आ आफ्नो कार्यालयद्धारा संचालित योजना तथा कार्यक्रमबारे जानकारी गराएका छन् ।

जिविस जुम्लाद्धारा आयोजित बार्षिक समिक्षा कार्यक्रममा हिजो र आजगरी जिल्ला स्थीत ३० वटा सरकारी तथा गैर सरकारी कार्यालयले बार्षिक संचालित कार्यक्रम, कार्यक्रमको उपलब्धी, सिकाइ तथा चुनौतिका बिषयमा जानकारी गराएका हुन् । जसमा बुधबार १५ र बिहिबार १५ गरी ३० वटा कार्यालयहरुले गत आर्थिक बर्ष ०७२/७३ मा आ आफ्नो कार्यालयद्धारा संचालित योजना तथा कार्यक्रमबारे जानकारी गराएका हुन् ।

समिक्षा कार्यक्रमको समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले विकासे रकम फ्रिज फाल्ने प्रविधिको अन्त्य गर्दै खर्चको दरलाई बढाउनु पर्ने बताए । जिल्लाको विकासका लागि आगामि दिनमा सबै एकबद्ध हुनु पर्ने उहाको भनाइ छ । जिल्लाको कुडारी ताम्ती जोड्ने सडक खण्डका उपभोक्ताहरुले बजेट भुक्तानी नपाएको र जिविस बाट त्यहि शिर्षकको २४ लाख रकम फ्रिज जानुमा जिविसकै कमजोरी रहेको उहाको तर्क छ । स्थानिय विकास अधिकारी राजेश पौडेलले जिल्लाको विकासका लागि राजनैति दलहरुको समन्यात्मक भुमिका रहेको भन्दै कुनै पनि निकाएले आफ्नो स्वार्थका लागि राजनैतिक पुर्वाग्राहि ढंगबाट प्रस्तुत हुनुनै विकासमा बाधा पुग्ने तबाए ।

माओबादि केन्द्र जुम्लाका जिल्ला सदस्य दिपक गौतमले विकास निमार्ण कार्यमा राजनैतिक दलको आपसी खिचातानीले सर्वसाधारणहरुमा असर परेको बताए । नेपाली काँग्रेस जुम्लाका पार्टी प्रतिनिधि खड्ग बहादुर सेजुवालले सधै अरुलाई मात्र दोष दिनु भन्दा सबै निकाय तथा क्षेत्र पहिले स्वयम आफै परिवर्तन हुन जरुरी रहेको बताए ।

नेकपा एमाले जुम्लाका पार्टी सचिव आदि प्रसाद न्यौपानेले जिल्लाको विकासका दृष्टिले सरकारी कार्यालय देखाउने र गैरसरकारी संघ संस्थाहरु चपाउने दात भएको उल्लेख गरे । नेमकिपा जुम्ला अध्यक्ष शिबलाल डाँगीले सरकारी तथा गैर सरकारी निकायहरुले संचालन गरेका परियोजनाहरुमा बास्तविक उपभोक्ताहरको नाम र खर्चको विवरणमा पार्दशिता नदेखिएको बताए । आगामि दिनका वार्षिक समिक्षामा प्रत्यक विषयगत कार्यालयका प्रमुख अनिवार्य उपस्थित हनु पर्नेमा उनको जोड रहेको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ