2026-08-26 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुत्केरी गाईलाई भत्ता

फागुन ५, ताप्लेजुङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । 

पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताउनुभयो । आव २०७५-७७ मा एक हजार सुत्केरी गाईलाई भत्ता गाउँपालिकाले वितरण गरेको छ । 

दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आत्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी (दुुहुनो भएमा) रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । सो कार्यक्रमअन्तर्गत गएको वर्षमा एक हजार दुनो गाईको लागि रु २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । 

एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले रु दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सुत्केरी भएमा रु एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सुत्केरी गाई र भैँंसीका लागि प्रोत्साहन कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरेको पशु शाखाले जनाएको छ । 

गाउँपालिकाका पशुपालकहरुलाई भैपरी आउने  विभिन्न दैवीप्रकोप र महामारी रोगहरुबाट पर्न सक्ने आर्थिक सङ्कटबाट बचाउन गत आवमा दुई हजार पशुहरुको बीमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । गाउँपालिकाभित्रका एउटा पशुलाई प्रिमियमबापत रु एक हजार १०० दरले दुई हजार पशुको बीमा कार्यक्रमअन्तर्गत गत आवमा रु छ लाख ५० हजार गाउँपालिकाले बीमाबापत पशुपालकको पशुको बीमा रकम तिरिदिएको गाउँपालिकाको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

जागर हुने पशुपालक कृषकलाई स्थानीय सरकारको अनुभूति भएको सिदिङ्वा गाउँपालिका–४ का पशु व्यवसायी  सीताराम गौतमले बताउनुभयो । दुहुनो गाई तथा विभिन्न प्रोत्साहन र अनुदान कार्यक्रमले स्थानीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिकाले दिएको दुहुनो गाई प्रोत्साहन भत्ताले दुहुनो गाईको लागि दाना र नून दिन पुगेको छ ।” गाउँपालिकाभित्र सङकलन भएको दुग्ध छुर्पी साथै दुग्धजन्य पदार्थ इलाम पु¥याएर बिक्री वितरण गर्दै आएको सिंहदेवी दुग्ध डेरी सञ्चालकसमेत रहेको  गौतमले बताउनुभयो । 

नेपाल सरकारले कृषकको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको छ भन्ने सुन्न मात्रै पाएका कृषक सरु राई अहिले निकै खुशी हुनुभएको छ । राईले भन्नुभयो, “मेरो गाई सुत्केरी हुन नसकेर मरेको थियो । गाउँपालिकाले बीमाबापत रु ३४ हजार दियोे ।” विगतका दिनमा पशु मरे भने ठूलो आर्थिक क्षति हुन्थ्यो तर अहिले प्रत्येक घरमा पशु बीमा गरिदिएपछि आर्थिक क्षति हुनबाट जोगिएको राईले बताउनुभयो । 

विकास निर्माण क्षेत्रमा मात्र ठूलो लगानी गर्दा जनजीवनमा आर्थिक विकास हुन नसक्ने भएकाले प्रत्येक घरपरिवारमा उद्यमी बनेर आयआर्जन गर्नको लागि किसान प्रोत्साहन कार्यक्रम ल्याएको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताउभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणको लागि गाउँपालिकाले सहजीकरण गर्ने योजनामा छौँ ।” प्रत्येक परिवारले गाईभैँसी दुहुनो पाल्न थाले पौष्टिक तत्व प्राप्त हुने र परिवार नै स्वस्थ हुने भएकाले पनि पशुपालकलाई पालिकाले प्रोत्साहन गरेको उपाध्यक्ष ताम्लिङले बताउनुभयो । गाईपालनबाट प्राङ्गारिक मल उत्पादन हुने भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । 

दुग्धजन्य वस्तुबाट मात्र गाउँपालिकामा दैनिक रु ५० हजार भित्रिने गरेको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । विगतमा सीमित घरपारिवारले मात्र दुहुनो गाई पाल्दै आएको थियो । स्थानीय सरकार आएसँगै कृषि क्षेत्रमा विभिन्न अनुदान र प्रोत्साहनका साथै बीमा कार्यक्रमले पशुपालक उत्साहित हुँदै गएको सिदिङ्वा गाउँपालिकाका कृषि शाखा प्रमुख विकास थेवेले बताउनुभयो । गाउँपालिकामा उत्पादन भएको दूध ताप्लेजुङ, पाँचथर र इलामसम्म पु¥याउने गरेको डेरी सञ्चालक राजेन्द्र कडरियाले बताउनुभयो । 

गाउँपालिकाभित्र प्रायः सबै घरपरिवारमा दुहुनो गाईपालन थाल्नेको सङ्ख्या बढ्दै गएको पशु शाखाको तथ्याङ्कमा छ । गत माघ मसान्तसम्ममा सिदिङ्वा गाउँपालिकामा ९६७ वटा दुहुनो गाईबाट चार दशमलव पाँच मेट्रिक टन, ७५८ वटा भैँसीबाट दुई मेट्रिक टन र १५० चौँरीबाट एक मेट्रिक टन दुग्ध पदार्थप्रति महिना उत्पादन हुँदै आएको छ ।

दूधजन्य पदार्थमा आत्मर्भिर हुँदै 

 गाउँपालिकाले पशुपालकलाई अनुदान र प्रोत्साहन दिन थालेसँगै गाउँपालिका दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुँदै गएको छ । यसअघि गाउँपालिकामा डेरी उद्योग नभएको र अहिले सिदिङ्वा गाउँपालिकामा आठ वटा डेरी उद्योग दर्ता भएका छन् । दैनिक नौ हजार लिटर दुग्ध उत्पादन हुँदै आएको पशु शाखाको तथ्याङ्कमा उल्लेख छ । घिउ एक महिनामा ५०० केजी तथा ७५० केजी छुर्पी उत्पादन हुँदै आएको छ । 

स्थानीयवासीलाई रोजगारी 

कृषि र पशु क्षेत्रमा विभिन्न अनुदान र प्रोत्साहले गाउँपालिकामा बसोबास गर्ने समुदायको आयआर्जनमा ठूलो टेवा पुगेको सिदिङ्वा गाउँपालिका–४ का वडाध्यक्ष नन्दलाल गौतमले बताउनुभयो । दुहुनो गाई प्रोत्साहन, पशु बीमा साथै गोठ सुधार कार्यक्रमले कृषकमा उत्साह आएको वडाध्यक्ष गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रत्येक घर परिवारमा पशुपालनबाट आयआर्जन भइरहेको छ, त्यसै अनुसार गाउँपालिकाले अनुदान पनि दिँदै आएको छ ।” घरमा दुहुनो गाई पालेपछि परिवारमा स्वरोजगार पनि हुने दुग्ध सेवनले परिवारजनको स्वास्थ्यमा पनि राम्रो हुने गौतमले बताउनुभयो । गाउँपालिकामा पशुजन्य क्षेत्रमा प्रत्यक्षरुपमा महिला १० जना र पुरुष १४ जनाले रोजगारी पाएको गाउँपालिकाको पशु शाखा कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग