2026-08-26 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

फागुन १०, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो ।

मन्त्रालयले देशभरका २०० स्थानीय तहमा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेको हो । जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको छ । पर्यटन गन्तव्य सूची छनोट गर्नुका साथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने कालीमार्सी धानको संरक्षण तथा सम्वद्र्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले जनाएको छ । 

पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले रु ६० लाख र मन्त्रालयले रु एक करोड ४० लाख लागत साझेदारी गर्नेछन् । दुई हजार ८५० मिटर अग्लो स्थानमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छुमचौर जिउलो पातारासी गाउँपालिकामा पर्छ । सन् २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ शुरु गरिएको यहाँका स्थानीयवासी बताउँछन् । धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो । त्यो समयमा बालबालिका र बूढाबूढी मात्रै घरमा हुने भएकाले केही समय जिउलो बाँझो नै रहेको थियो । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर आसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ थालनी भएको इतिहास छ । 

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ अभाव, धान रोपाइँ र पाटनमा यार्सा सङ्कलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छाडिएको स्थानीयवासी अमर बुढाले बताए । पछिल्लो समयमा सो जिउलोमा मार्सी धान रोप्न थालिएको वडाध्यक्ष बिर्खराम बोहोराले बताए ।

गाउँपालिकाले छुमचौरलाई पर्यटकीय गन्तव्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए । यहाँको २०० रोपनी क्षेत्रफल जमिनमा धान रोप्ने गरिएको छ । मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने स्थानीय तह छनोट गरेको हो । पातारासी गाउँपालिकाले पनि पर्यटन गन्तव्यमा पर्नसक्ने भन्दै छुमचौर जिउला संरक्षण र प्रवद्र्धनका लागि झण्डै रु आठ करोडको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) बनाएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । पर्यटन वर्ष २०२० का लागि जुम्लाको डुङ्डुल चैत्य र सिञ्जा उपत्यका केन्द्रीय पर्यटन गन्तव्य सूचीमा परेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग