साउन २२, पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । 

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । 

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोष"/>

2026-09-11 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलविधुत परियोजनामा बीस करोड घाटा

साउन २२, पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । 

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा लागेको बताइएको छ । 

आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सिताराम तिम्सिनाका अनुसार भूकम्प र त्यसपछिको सयाँैं पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको थियो । 

त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा गतवर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सुचारु भएको अध्यक्ष तिम्सिनाले बताउनुभयो । 

यता विभिन्न माग राख्दै स्थानीयवासीले गरेको अवरोधका कारण पनि करोडौँं घाटा बेर्होेर्नु परेको उहाँको भनाइ छ । 

विसं २०७१ मङ्सिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ । हाल पाँचहजार ३०० मिटर टनेलमध्ये ४ हजार मिटर टनेल निमार्ण भइसकेको छ । बाँधको कार्य ५० प्रतिशत सकिएको छ । अबको नौ महिनाभित्रमा पावर हाउस निमार्णकार्य सम्पन्न हुनेछ । 

काममा कुनै अवरोध नआए त्यसको दुई महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने प्रालिका अध्यक्ष तिम्सिनाले बताउनुभयो । प्राइम बैंक र माउन्टेन हाइड्रो प्रालि नेपालको रु तीन अर्ब ६६ करोड लगानीमा सुरु भएको आयोजना सम्पन्न भएपछि २१ मेगावट विद्युत् उत्पादन हुनेछ । तर आयोजनाको लागत थप रु २० करोड बढ्ने भएको छ । 

आयोजनाको काम सुरु हुनुभन्दा अगाडि कम्पनीले स्थानीयवासीसँग १० बुँदे सम्झौता गरेको थियो । तर कम्पनीले सम्झौता अनुसार सिँचाइ, पिउने पानी आदिको व्यवस्था गर्न अटेर गरेको भन्दै स्थानीयवासीले आयोजनाको काममा अवरोध पु¥याउँदै आएका छन् । 

आयोजना निर्माणको क्रममा फिदिम–४, स्थित डाँडा सामुदायिक वन, फिदिम– ५, स्थित देउराली सामुदायिक वन र स्थानीयवासीको गरी १२ हेक्टर जग्गा अतिक्रमण भएको छ । 

कम्पनीले उक्त जग्गाको मुआब्जा अझै पनि उपलब्ध नगराएको स्थानीय सरोकार समितिका अध्यक्ष प्रेमप्रसाद लिम्बूले बताउनुभयो । कम्पनीले स्थानीयसँग गरेको १० बुँदे सम्झौता इमानदारिताका साथ पूरा नगरे अझै आयोजनाको काम प्रभावित हुने अध्यक्ष लिम्बूको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट