नन्दराम जैशी | साउन २८ जुम्ला |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २८ जुम्ला | 
2026-10-15 06:56 AM
अर्थ/विकास

सहकारी अधिकृत नहुँदा नँया सहकारी संस्था दत्र्ता गर्न समस्या

नन्दराम जैशी | साउन २८ जुम्ला | डिभिजन सहकारी कार्यालय जुम्लामा सहकारी अधिकृत नहुँदा नँया सहकारी संस्था दत्र्ता गर्न समस्या भएको छ । २०७२ चैत महिना यता डिभिजन सहकारी कार्यालय जुम्लामा सहकारी अधिकृत तथा अधिकार प्राप्त कार्यालय प्रमुख नहँुदा नँया सहकारी संस्था दत्र्ता गर्नमा समस्या भएको हो ।

सहकारी अधिकृत नारायण चाँपागाँइ स्थानिय विकास मन्त्रालयमा सरुवा भइ गएपछि कार्यालय चैत महिना यता सहकारी अधिकृत तथा अधिकार प्राप्त कार्यालय प्रमुख बिहिन भएको छ । निमित्त सहकारी अधिकृत लक्ष्मी प्रसाद अधिकारीका अनुसार कार्यालयमा सहकारी अधिकृत नहुँदा नँया सहकारी संस्था दत्र्ता गर्न र जुम्ला सहित कर्णालीका पाँचै जिल्लामा अवस्थीत निस्क्रीय सहकारी संस्थाहरुलाइ खारेजी प्रक्रियामा लिन असहज भएको बताइएको छ ।     

उहाले भन्नुभयो, कार्यालयको अन्य कुनै पनि दैनिक कामकाजमा समस्या भएको छैन, कार्यालयले गर्नुपर्ने सबै काम र सेवा प्रवाह पारदर्शिताको रुपमा संचालन र सम्पादन गरेका छौ । तर म सँग अधिकार नहुँदा नँया सहकारी दर्ता र निस्क्रीय सहकारी खारेज गर्न सकिएको छैन । जुम्ला सहित कर्णालीका सबै जिल्लाबाट कार्यालयमा नँया सहकारी संस्था दर्ताको लागि फोन आउने गर्दछन् आफुसँग अधिकार नभएकाले दर्ता प्रक्रिया अघि बढाउन सकिएको छैन, उहाले बताए ।      

कार्यालयमा अधिकार प्राप्त सहकारी अधिकृत नआँउदासम्म आफुलाइ प्राप्त अधिकार अनुसार सबै कार्य सम्पादन गरीने भन्दै नँया सहकारी दर्ता नभएकोमा उहाले यसबाट पर्न जाने असुविधा प्रति क्षमा आचना गर्नुभयो । सहकारी अधिकृत तथा कार्यालय प्रमुखका लागि सहकारी विभागमा पहल भैरहेको बताउदै अबको केहि महिना भित्र अधिकृत आउने आशामा रहेको कार्यालयका खरिदार गोपाल वहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने