२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाको तिलामा सिमी जोन कार्यक्रम

२०७८, २५ श्रावण सोमबार १०:५८

विजय रावत ।  साउन २५, खलङ्गा । जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो । 

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अध्यक्षतामा बसेको बैठकले कृषि प्राविधिकको प्रतिवेदन अनुसार सो गाउँपालिकालाई छनोट गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले स्याउ जोन लागू हुनबाँकी पातारासी गाउँपालिका–१,२ ३ र गुठिचौरको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने निर्णयसमेत  गरिएको परियोजना इकाइ कार्यालयले जनाएको छ ।  

सो परियोजना यसअघि चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका अन्य वडामा काम भइरहेको स्याउ सुपरजोन कार्यालयका प्रमुख गङ्गा पोख्रेलले जानकारी दिनुभयो ।

यस अघि सुपरजोनले सिञ्जा क्षेत्रमा स्याउ सुपरजोनमा काम गर्न सिफारिस गरिको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम भइरहेको र स्थानीयवासी तथा सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको जनाइएको छ । सिफारिस गरिएका कार्यक्रम स्वीकृत भने केन्द्रले गर्ने कार्यालयको भनाइ छ ।

बैठकमा जिसस उपप्रमुख बुढाले कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हँुदै आएकाले तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकामा थप राम्रो भएको बताउनुभयो । 

लामो समयदेखि क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी बगैँचा घेरवार सिँचाइ, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ । क्षेत्र नम्बर (ख) मा भने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा माग हँुदै आएको छ । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । जिल्ला परियोजना समितिले तिलामा सिमी जोन र अन्य तीन गाउँपालिकामा स्याउ कार्यक्रमका लागि सिफारिस गरेको छ ।  

१३ बढी लाख राजस्व सङ्कलन

ट्राफिक कार्यालयले सवारी कारवाहीबाट रु १३ लाख बढी राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकमार्फत रु १३ लाख २२ हजार ५० राजस्व सङ्कलन भएको भएको प्रहरी हबल्दार कुशराज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,“आव २०७७÷७८ मा एक हजार ३२८ सवारी कारवाहीबाट रु १३ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यसमध्ये चालक अनुमतिपत्र बिनै सवारी चलाउने चालकको कारवाहीबाट रु तीन लाख २२ हजार जरिवाना असूली भएको छ । ”

क्षमताभन्दा बढी यात्रु राख्ने २५९ सवारीलाई कारवाहीबाट दुई लाख ५९ हजार जरिवानालगायत अन्य विभिन्न शीर्षकबाट गरी १३ लाख बढी सङ्कलन भएको छ ।  गत आवमा  २६ सवारी दुर्घटना भएका छन् । यसमा चार जनाको मृत्यु भएको छ भने १३ गम्भीर घाइते र ३७ सामान्य घाइते भएका छन् ।

पछिल्लो समयमा सावरी साधनको बढ्ने क्रमले सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिनै सवारी चलाउने चालकको सङ्ख्या बढेको छ । ट्राफिक कार्यालयको गत आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार लाइसेन्सबिना नै सवारी चलाउने यहाँका ३१९ चालक कारवाहीमा परेका छन् ।

ती मध्ये सबैभन्दा बढी अटो चालक, मोटरसाइकल र ट्र्याक्टर, जीप चालक छन् । अधिकांश चालक लाइसेन्सविहीन रहेको जिल्ला प्रहरी सहायक निरीक्षक बिमलकुमार रावतले जानकारी दिनुभयो । 

नर्सरी निर्माण

यहाँको तिला – ७ तुही गाउँमा २८ लाख को उच्चस्तरको नर्सरी निर्माण भएको छ । विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले नर्सरी निर्माण गरिएको हो । वन मन्त्रालय, अनुकूलन कोष, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेश नेपालको साझेदारीमा सञ्चालित क्याप्स कर्णाली परियोजना अन्तर्गत  नर्सरी निर्माण गरिएको हो । 

निर्माण गरिएको नर्सरीमा डालेघाँस, बकाइनो, निवारो, खनिउ, पालमोनिया, किम्बो र बुद्धचित्रका बिरुवा उमारिएको छ । नर्सरीमा उत्पादन गरिएको बिरुवा खाली रहेको वनमा वृक्षरोपण गरिने छ । जलवायु परिवर्तनले पारेको असरलाई कम गर्दै स्थानीय बासिलाई अनुकूलन गराउनको लागि नर्सरी निर्माण गरिएको सो सस्थाले जनाएको छ । नर्सरीमा उत्पादन गरिएका बिरुवा तुहि गाउँका नागरिकलाई निःशुल्क उपलब्ध गराइने प्राविधिक विष्णुप्रसाद लुइँटेलले बताउनुभयो ।

नर्सरीमा जडीबुटी अन्तर्गत अतिश र टिमुरका बिरुवा पनि राखिएको भएको छ । ग्रामीण भेगका स्थानीयवासीकोे जीवनस्तर नर्सरीले केही राहत हुने वडाध्यक्ष हस्त बुढाले बताउनुभयो । माझपातल सामुदायिक वनमा तीन हजार र तातोपानी गाउँपालिको सर्मिमा चार हजार ६०० डाले घाँससहित रुख प्रजातिका बिरुवा रोपिएको जनाइएको छ । यसले जलवायु परिवर्तन, अनुकूलन र जीविकोपार्जनमा सहयोग गर्ने  सामुदायिक वनका अध्यक्ष मुनिलाल बुढाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु