2026-09-22 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो

भदौ ३०, कर्णाली (रासस)। कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।

यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनले जनाएको छ । पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादन ०.६९ ले कमी आएको छ । कोरोना महामारीबाट सिर्जित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दूधजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले आर्थिक वर्ष २०७६÷७७ को चैतदेखि २०७८÷७९ को भदौसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा सङ्कुचन ल्याएको बताउनुभयो । राष्ट्र बैंकले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको छ । यहाँ पर्यटक आवागमनको सङ्ख्या ९४.९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको सङ्ख्या ६.४३ प्रतिशतले घटे पनि होटलका बेड सङ्ख्या भने १२ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयले गरेको समीक्षा अवधिमा घरजग्गा रजिष्टे«शन र राजस्वमा उल्लेख्य वृद्धि भएको देखिएको छ । रजिष्टे«शन सङ्ख्या ५७ प्रतिशत र राजस्व १६२ प्रतिशतले वृद्धि भएको छ । यातायातका साधनको सङ्ख्यामा २.८३ प्रतिशतले कमी र सरकारी सामुदायिक चिकित्सकको सङ्ख्यामा २९.७३ प्रतिशतले वृद्धि भएको छ । सरकारी विद्यालयको सङ्ख्या ०.९४ प्रतिशतले घटेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले औद्योगिक कर्जातर्फ कुल कर्जाको १५.७० र कृषि प्रवाहतर्फ ७.७४ प्रतिशत कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा सञ्चालनमा आएका साना तथा घरेलु उद्योगको सङ्ख्या १७ हजार ६३ रहेको छ । प्रदेशमा वाणिज्य बैंकका १९०, विकास बैंकका १७, वित्त कम्पनी चार, लघुवित्त विकास बैंक १९५ गरी ४०६ शाखा छन् । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा १३२ र मुगुमा १० शाखा छन् । प्रदेशमा राजमार्ग र सहायकमार्ग गरी दुई हजार ७२५ किमी सडक सञ्जाल, सात विमानस्थल चालू अवस्थामा र यहाँबाट उत्पादित सात मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो