2026-09-21 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन गरिने

न्युज कारखाना  । ५ असोज सुर्खेत,।  दशैं तिहारलगायत पर्वलाई लक्षित गरेर सुर्खेतमा सुपथ मुल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सरोकारवाला निकायको बैठकले सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो । 

सुपथ मुल्य पसलमा अत्यावश्यक खाद्यान्न लगायत उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेचबिखन गर्ने वस्तुहरूको विविधिकरण गरेर बिक्री समय बिस्तार गर्ने निर्णय गरेको छ । यस्तै दैनिक उपभोग्य वस्तुको मुल्यसूची पसलहरूले अनिवार्य रुपमा राख्नु पर्ने निर्णय पनि गरेका छ ।’

दशैं तिहारमा चिनी तथा नुनको माग अत्याधिक हुने गरेको छ । तर, चिनी र नुनको बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कर्णाली प्रदेश कार्यालय सुर्खेतले भने चिनी तथा नुन मौज्दात नरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो