भदौ १६, जुम्ला । यस वर्ष किसानले मनग्य आम्दानी लिएका छन् । 

व्यापारीले प्रतिकिलो रु ६० मा स्याउ खरिद गरिरहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, जुम्ला । यस वर्ष किसानले मनग्य आम्दानी लिएका छन् । 

व्यापारीले प्रतिकिलो रु ६० मा स्याउ खरिद गरिरहे"/>

2026-08-29 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा स्याउ बिक्रीबाट मनग्य आम्दानी

भदौ १६, जुम्ला । यस वर्ष किसानले मनग्य आम्दानी लिएका छन् । 

व्यापारीले प्रतिकिलो रु ६० मा स्याउ खरिद गरिरहेका छन् । पटमारा गाविसका किसान धमाधाम स्याउ भित्र्याउनमा व्यस्त छन् । व्यापारी बगैँचामै आएर स्याउ किन्न लुछाचुँडी गरिरहेका छन् । 

बगैँचामै व्यापारीले आफूले भनेजस्तो मूल्य दिँदा मनग्य आम्दानी भएको पटमारा–२ उर्थुगाउँका किसान मुनबहादुर विष्ट बताउनुहुन्छ । उहाँले यस वर्ष २० टन स्याउ उत्पादन गर्नुभएको छ । स्याउ बिक्रीबाट यस वर्ष रु १२ लाख आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

स्थानीय किसान आइतमान विष्ट गत वर्षभन्दा यस वर्ष असिना र खडेरीका कारण स्याउ उत्पादनमा कमी आएकाले आम्दानी घट्न सक्ने बताउनुहुन्छ । तीन वर्षअघि प्रतिकिलो रु सातदेखि रु १० पर्ने स्याउ अहिले रु ६० भन्दा बढीमा बिक्री भइरहेको छ । 

गत वर्ष स्याउ प्रतिकिलो रु २० देखि रु ३५ मा बिक्री भएको थियो । बढ्दो मागका कारण मूल्य बढेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले बताउनुभयो । उर्थु गाविसमा स्याउ उत्पादन तथा गुणस्तर अभिवृद्धिका लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले समूहमार्फत हरेक समूहमा रु आठ लाखदेखि रु २० लाखसम्म लगानी गरेको आयोजनाका कार्यक्रम संयोजक भेषबहादुर रावलले जानकारी दिनुभयो । सो संस्थाले स्याउको बगैँचा व्यवस्थापन, सिँचाइ सामग्री खरिद र प्राविधिक सहयोग गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो