2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा पालिखे निर्वाचित

कमल सुवेदी | असोज २, पोखरा | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनबाट अध्यक्षमा विश्वशंकर पालिखे निर्वाचित भएका छन् । आईतबार साँझ सम्पन्न मतगणना बाट पालिखेले निकटतम प्रतिद्धन्द्धी देव क्षेत्रीलाई १ सय ५५ मत अन्तरले पछि पार्दै अध्यक्षमा बिजयी बनेका हुन् । 

अध्यक्षमा निर्वाचित बिश्व शंकर पालिखेले कुल ९ सय ५५ मत ल्याए भने उनका प्रतिद्वन्दी देव क्षेत्रीले ८ सय मत, त्यस्तै अध्यक्षकै प्रत्यासी नारायण कोइरालाले ४ सय ११ मत, हिरा भट्टराईले १ सय ६३ मत, इश्वर कर्माचार्यले १ सय २३ मत र धनीराम बरालले ४४ मत प्राप्त गरेका थिए । 

त्यस्तै पदाधिकारीहरुको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा रविन्द्र वहादुर प्रजु निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष (उद्योग) तर्फ गोकर्ण कार्की, उपाध्यक्ष (बाणिज्य ) तर्फ विन्दु कोईराला सुवेदी निर्वाचित भएका छन् । 

त्यस्तै महासचिवमा दामु अधिकारी निर्वाचित भएका छन् भने उपमहासचिवमा अर्जुन पोखरेल निर्वाचित भएका छन् तयस्तै कोषाध्यक्षमा पवन कुमार प्रजापती निर्वाचित भएका छन् । 

सदस्यतर्फबाट कुल २१ जनामा १० जना निर्वाचित भएका छन् । सदस्य तर्फ अनिल सिग्देलले सर्वाधिक मत सहित निर्वाचित बने भने क्रमश सीता बराल, सुरेन्द्रमान बिजुक्छे, यदुनाथ अधिकारी, किसान सुनार, चीनु गुरुङ, देव कृष्ण काफ्ले, प्रेम वहादुर भूजेल, गोमा ढकाल र गीता तिवारी निर्वाचित भएका छन् । 

सनिबार सम्पन्न निर्वाचनमा २५ सय १३ मत खसेको थियो । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई