2026-11-01 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफालेर बेपत्ता !

जेठ २९, काठमाडौँ | प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् ।

महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प्रहरीले जनाएको छ ।

शिक्षक र सोही विद्यालयकी शिक्षिकाबीच लेनदेनको विषयलाई लिएर आइतबार फोनबाट शिक्षिकाले जिल्ला प्रहरी कार्यालयलाई आफू माथि हातपात गरेको जानकारी गरेपछि सादा पोशाकका प्रहरीले सोमबार शिक्षकलाई नियन्त्रणमा लिई जिप्रका ल्याउँदै थिए ।

घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिई महाकाली यातायात समितिको म१ज २१२ नम्बरको जिपबाट ल्याउँदै गर्दा रैखोला नदीमा हामफालेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धापबाट जिल्ला प्रहरी कार्यालय खलंगा ल्याउने क्रममा किम्तडीभिरमा अचानक चालकलाई झम्टेर गाडीको ढोका खोली चलिरहेकै गाडीबाट महाकाली नदीमा हामफाली बेपत्ता भएको जिप्रकाले जनाएको छ ।

– यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द