२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफैले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन, प्रधानध्यापक पक्राउ

२०७५, ८ श्रावण मंगलवार १४:३४

प्रेम सुनार | साउन ८, बुटवल | पर्वतको एक विद्यालयका प्रधानध्यापकलाई आफैले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन  गरेको अभियोगमा त्यहाँको प्रहरीले पक्राउ गरी मुद्धा  दायर गरेको छ । फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद  पौड्याललाई  तिन जना वालिका विद्यार्थीलाई अप्राकृतिक मैथुन  (जवरजस्ती करणी)  गरेको अभियोगमा पक्राउ गरिएको हो ।

‘केहि दिन अघि वडा नम्वर ६ का जनप्रतिनिधी र महिलाहरुको समुहले उनलाई कालोमोसो दल्दै र माफी मगाउँदै मिलाउन खोजिएको रहेछ’– जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी  दिलिप घिमिरेले भने–‘ हामीले त्यो कुरा थाह पायौं र फलेवास प्रहरी चौकी मार्फत निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।’

डिएसपी घिमिरेले निज विरुद्ध अप्राकृतिक मैथुन सम्वन्धि मुद्धा  अदालतमा दायर समेत  गरी सकिएको जानकारी दिए ।  उनले थपे–‘ सुरुमा त त्यस्तो गरे होलान जस्तो लागेको थिएन , ७ देखि १२ वर्ष उमेर समुहका ति वालिकाहरुलाई विद्यालय भित्रै  ति प्रधानध्यापकले अप्राकृृतिक मैथुन गराएको कुरा सुन्दा असाध्धै हृदयविदारक लाग्यो ।’

सधैको अप्राकृतिक मैथुन सहन नसके पछि तिनै जना वालिकाहरुले अभिभावकलाई भनेर  साउन ६ गते उजुरी दिएको डिएसपी घिमिरेले बताए ।

कहिले ललाई फकाई त कहिले डर धम्की देखाई निजले अप्राकृतिक रुपमा वालिकाहरुबाट यौन प्यास मेटाउने गरेको यस घटनाले अन्य  विद्यालयहरुमा पनि कतै छात्राहरु असुरक्षित हुँदै जाने हुन कि भन्ने चिन्ता बढेको छ ।

त्यस्तै व्यवहार गर्ने अर्का शिक्षक घटुवा

कक्षा १२ मा पढ्ने गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक शिक्षकले पनि यौन दुव्र्यवहार गरेको समाचार हामीले केहि दिन संप्रेषण गरेका थियो । ति किशोरीले वडामा उजुरी दिएकी थिईन । त्यस उजुरीलाई जटिल र गम्भीर प्रकृतिको भन्दै वडाध्यक्ष गोकर्णप्रसाद शर्माले सो गाउँपालिकाको न्यायिक समितिमा पठाएका थिए ।

यस सम्वन्धमा मंगलवार विहान चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री संग सम्पर्क राख्दा दुवै पक्षलाई न्यायिक समितिमा राखी छलफ गरी मिलाईएको जानकारी दिए । उनले भने न्यायिक समितिकी संयोजक उपाध्यक्ष राधिका अर्यालय , अन्य वडाध्यक्ष र ति दुवै पक्षलाई जुटाई ति शिक्षकलाई कार्वाही स्वरुप कक्षा ११ र १२ मा उनले पढाउन नपाउने गरी कक्षा १०  सम्म घटुवा गरेका छौं । 

प्रमुख खत्रीका अनुसार ति किशोरीले छलफलमा यस्तो बयान दिएकी थिईन–‘सरले मलाई मेरी छोरी जस्तै हौं, मेरो घर हेर्न आउ भनेर बोलाउनु भयो । त्यहाँ पुगे पछि उपन्यास पढ्ने पढ्न लगाउने र माया प्रेमका  कुरा गर्नु भयो । एक चोटी म्वाँई खानु भयो र मेरो शंवेदनशिल अंगमा हात लगाउनु भयो  ।

'म भागेर बँचे । अरु उहाँलाई मैले गर्न खोजेकी हैन । म त उहाँबाट बँचे तर उहाँको त्यस्तै चरित्रले भोली म जस्ता अरु विद्यार्थीहरु लुटिन नपरोस भनेर उजुरी दिएकी हुँ ।’

 उनको यस्तो वयानलाई सुरुमा स्वीकार नगरेका ति शिक्षले पछि माफी मगाईएको, उनले त्यस विद्यालयका अलवा क्याम्पसमा पनि पढाउँथे । क्याम्पसमा पनि पढाउन नपाउने गराईएको प्रमुख खत्रीले जानकारी दिए ।  

तस्वीर: नावालिकाहरुलाई अप्राकृतिक मैथुनको अभियोगी प्रधानध्यपक पौड्ललाई सर्वाजानिक गर्दै पर्बत प्रहरी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा