साउन १७, काठमाडौँ | नेपाल टेलिकमले 10+2 परिक्षाको नतिजा कसरी हेर्ने भन्ने बारे सुचना प्रकाशित गरेको छ |
टेलिकमको अनुसार राष्ट्रिय परिक्षा बोर्ड सानोठीमी भक्तपुरबाट प्रकाशित हुने 10+2 को परिक्षाको परिक्षाफल IVR, USSD र Website मार्फत प्राप्त गर्नसकिनेछ | जसको लागि नेपाल टेलिकमले परीक्षाको परिक्षाफल प्राप्त गर्नको लागि विभिन्न चार तरिका रहेको जनाएको छ |
१. १६०१ डायल गरी IVR प्रविधि मार्फत परिक्षाफल प्राप्त गर्न सकिन्छ | टेलिकमको साधारण टेलिफोन, पोस्टपेड तथा प्रिपेड मार्फत १६०१ नम्बर डायल गरि प्राप्त संदेश बमोजिम परिक्षाफल सुन्न सकिन्छ |
२. SMS मार्फत पनि परिक्षाफल प्राप्त गर्न सकिन्छ | जसको लागि CDMA/GSM प्रविधिका मोवाइल (Postpaid/Prepaid) मार्फत neb
३. USSD मार्फत परिक्षाफल पाउन को लागि GSM प्रविधिका मोबाइल मार्फत *1600*Symbol N.# डायल गरी परिक्षाफल प्राप्त गर्न सकिन्छ |
४. नेपाल टेलिकमको website बाट पनि परिक्षाफल हेर्न सकिन्छ | जसको लागि http://neb.ntc.net.np मार्फत इन्टरनेटमा पनि मार्कसिट सहितको नतिजा हेर्न सकिन्छ |
त्यस्तै राष्ट्रिय परिक्षा बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको कक्षा १२ को नतिजा ईकान्तिपुरबाट पनि हेर्न सकिनेछ ।
www.results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ। यसका अलवा एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ। यसका लागि results (Space) Symbol number टाइप गरी३५००१ मा पठाउन सकिनेछ।
राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा आज बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको छ । मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै बुधबारनै नतिजा सार्वजनिक गरिने बताइएको थियो ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बिहिबार मात्रै नतिजा सार्वजनिक हुनेछ । यस पटकको कक्षा १२ को परिक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।