२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ मा फेल भएकाहरुलाई एक विषयको मात्रै पूरक परीक्षा दिन पाउने अवसर

२०७५, १७ श्रावण बिहीबार १३:०९

रमेश गिरी | साउन १७, भक्तपुर | राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । 

कक्षा १२ को नतिजा प्रकाशित गर्न आज बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि कुनै व्यवस्था नगरेको बताउनुभयो । 

नियमित परीक्षामा सहभागी भई अन्य सबै विषयमा ‘सी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्रै अनुपस्थित भएका वा ‘डी प्लस’, ‘डी’, वा ‘ई’ ग्रेड प्राप्त गरेका विद्यार्थीले उक्त विषयको ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुन मौका दिएको छ । 

यस बाहेक अरू ग्रेड ल्याएका र एकभन्दा बढी विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीका लागि भने बोर्डले यो मौका दिएको छैन । विद्यार्थीले चाहेर पनि एकभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन नपाउँने बाध्यकारी व्यवस्था बोर्डले गरेको छ । 

उहाँले भन्नुभयो, “निश्चित एक विषयमाभन्दा बढी विषयमा ग्रेड अर्थात् पूरक परीक्षामा सहभागी हुन पाउने छैन, एकभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीले भने एक वर्ष कुरेर नियमित परीक्षा तालीका अनुसारको बोर्ड परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।” 

यसका लागि बोर्डले आउँदो भदौ १६ गते शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने गरी एक दिन मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ १० गतेभित्र आवेदन फाराम र शुल्क बुझाइ सक्नुपर्ने व्यवस्था गरेको छ । 

बोर्डले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’ र ‘सी’ प्राप्त गर्ने विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र आगामी २१ दिनपछि मात्रै उपलब्ध गराउने र ‘डी प्लस’ को हकमा भने ग्रेड वृद्धि परीक्षामा सहभागी नहुने भएमा मात्रै यस्ता प्रमाण पत्र दिइने उहाँको भनाइ थियो । यही पहिला यस्ता प्रमाणपत्र लगिसकेका विद्यार्थीलाई भने परीक्षामा सहभागी हुन नदिने भएको छ । 

आफूले प्राप्त गरेको ग्रेड चित्त नबुझेमा विद्यार्थीले प्रति विषय रु ५०० दस्तुर तिरेर आगामी १५ दिन अर्थात् भदौ १ गतेभित्र बोर्ड वा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन दिने व्यवस्था गरेको छ । 

विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रमा कुनै त्रुटी भएमा आगामी चार महिनाभित्र आवेदन दिएर सच्याउन पाउने व्यवस्था गर्दै त्योभन्दा पछि आएको आवेदनमा कुनै सुनुवाई नहुने व्यबस्था बोर्डले गरेको छ । 

बोर्डले आज ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको नतिजामा नियमिततर्फ ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा ५८ हजार ३४५, २.४१ देखि २.४० जीपीए ल्याउने ९० हजार २९९ परीक्षार्थी छन् । 

यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् । 

गत वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६७५ विद्यार्थी सहभागी भएका थिए भने परीक्षामा ९७ विद्यार्थीको परीक्षा रद्द गरिएको र दुई जनाको परीक्षाको नतिजा स्थगित गरिएको छ । 

त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । आंशिकतर्फ २० परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ४ परीक्षाको नतिजा स्थगित गरिएको छ । 

परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np लगायतमा हेर्न सकिने बोर्डले जनाएको छ । 

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा