2026-11-01 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईफोन सेभेन र आईफोन-8 को मूल्य घट्यो, नयाँ आइफोनमा डबल सिम पनि !

भदौ २८, काठमाडौं | एप्पलको आईफोन सेभेन र आईफोन एटको मूल्य घटेको छ । साथै पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक भएको छ । एप्पलले बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलको आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो ।

बुधबार राति सार्वजनिक भएको एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड समेत सपोर्ट गर्नेछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ । आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन  छ । यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ । 

एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य टेको छ । आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ । 

आईफोन एस एक्स म्याक्स र एक्स एसमा १२ र ७ मेगापिक्सल ड्युअल क्यामरा छ । यो फोनमा सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन छ । यो फोन गोल्ड, सिल्भर र स्पेस ग्रे रंगमा उपलब्ध छ । यसमा ६४ जिबी, १२८ जिबी र ५१२ जिबी स्टोरेज क्षमता छ । आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ रहेकाले यो दुई मिटरको गहिराइमा ३० मिनेटसम्म पानीमा डुबाउँदा पनि सुरक्षित हुने एप्पलको दाबी छ ।

आइफोन एक्स एसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी ब्याट्रि क्षमता छ ।

आइओएस १२ सफ्ट्वेयर युक्त यो आइफोनमा ए-१२ बायोनिक चिप र ७-नानोमिटर प्रोसेसर छ जसले सन् २०१७ का आइफोन भन्दा ३० प्रतिशत छिटो चल्ने दावी गरिएको छ ।

दुईवटा सिम सपोर्ट, थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन, स्टेरियो साउन्ड, फेस आइडी मार्फत फोन अनलक सुविधा यसका थप विशेषता हुन् ।

आइफोन एक्स एसको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । ६४ जिबीको ९९९ डलर, २५६ जिबीको १ हजार १४९ अमेरिकी डलर र ५१२ जिबीको १ हजार ३४९ अमेरिकी डलर तोकिएको छ ।

आइफोन एक्स एसको बजार मूल्य १०९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । ६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर मूल्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द