Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आईफोन सेभेन र आईफोन-8 को मूल्य घट्यो, नयाँ आइफोनमा डबल सिम पनि !

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २८, काठमाडौं | एप्पलको आईफोन सेभेन र आईफोन एटको मूल्य घटेको छ । साथै पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक भएको छ । एप्पलले बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलको आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो ।

बुधबार राति सार्वजनिक भएको एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड समेत सपोर्ट गर्नेछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ । आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन  छ । यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ ।

एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य टेको छ । आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ ।

आईफोन एस एक्स म्याक्स र एक्स एसमा १२ र ७ मेगापिक्सल ड्युअल क्यामरा छ । यो फोनमा सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन छ । यो फोन गोल्ड, सिल्भर र स्पेस ग्रे रंगमा उपलब्ध छ । यसमा ६४ जिबी, १२८ जिबी र ५१२ जिबी स्टोरेज क्षमता छ । आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ रहेकाले यो दुई मिटरको गहिराइमा ३० मिनेटसम्म पानीमा डुबाउँदा पनि सुरक्षित हुने एप्पलको दाबी छ ।

आइफोन एक्स एसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी ब्याट्रि क्षमता छ ।

आइओएस १२ सफ्ट्वेयर युक्त यो आइफोनमा ए-१२ बायोनिक चिप र ७-नानोमिटर प्रोसेसर छ जसले सन् २०१७ का आइफोन भन्दा ३० प्रतिशत छिटो चल्ने दावी गरिएको छ ।

दुईवटा सिम सपोर्ट, थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन, स्टेरियो साउन्ड, फेस आइडी मार्फत फोन अनलक सुविधा यसका थप विशेषता हुन् ।

आइफोन एक्स एसको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । ६४ जिबीको ९९९ डलर, २५६ जिबीको १ हजार १४९ अमेरिकी डलर र ५१२ जिबीको १ हजार ३४९ अमेरिकी डलर तोकिएको छ ।

आइफोन एक्स एसको बजार मूल्य १०९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । ६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर मूल्य राखिएको छ ।