अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कति छ आज बिदेशी पैसाको दररेट ?

साझासवाल
2 Min Read

असोज १८, काठमाडौँ | अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय १७ रुपैया ६५ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो । यसले डलरको तुलनामा नेपाली रुपैया हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने देखाउछ ।

बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैया ९६ पैसा थियो । जुन बढेर आज बिहिबार ११७ रुपयाँ ६५ पैसा पुगेको छ । खासगरी चालु आर्थिक वर्षको सुरुदेखि अमेरिकी डलरसंगको तुलनामा स्वदेशी मुद्रा (नेरु) कमजोर हुने क्रम निरन्तर रूपमा चलिरहेको छ । सोही क्रममा गत असोज ३ मा एक अमेरिकी डलरको विनिमय दर १ सय १७ रुपैया ७ पैसा पुगेको थियो । त्यसपछि केही दिन यो घटेर १ सय १५ रुपैया ८२ पैसासम्म झर्यो । त्यसपछि डलर थप बलियो बन्न थालेको छ । यही क्रममा बिहीबार १ सय १७ रुपैया ६५ पैसा पुगेको हो ।

डलर बलियो हुदा एकातिर रमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) संगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीहरू स्वदेशमा पैसा पठाउन उत्साहित हुने गर्छन् । यसले ठूलो मात्रामा रमिट्यान्स आउँछ । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ ।

Share This Article
Leave a Comment

Leave a Reply