Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आइपे र बससेवाबीच सहकार्य, तिहार लक्षित टिकट बुकिङ्ग सुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १८, काठमाडौँ | नेपाली अनलाइन 'पेमेन्ट गेटवे' आइपे प्राईभेट लिमिटेड र बससेवाबीच हातेमालो गर्दै देशब्यापि यातायात सेवा सुरु भएको छ । सहकार्य भएसँगै यात्रुहरुले तिहारमा कुनै पनि गन्तव्यका लागि सजिलै आइपे (ipay.com.np) अनलाईन वा ipay एपबाट टिकट बुकिङ्ग सुविधा लिन सक्नेछन् ।

बससेवा डटकममा तिहारलाई लक्षित गर्दै टिकट बुकिङ्ग सुरु भएको छ । यात्रुहरूले तिहारमा घर जाँदा सहजै अनलाइनबाट टिकट बुकिङ्ग गर्न सक्नेछन् । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । यात्रुहरूले कुनैपनि गन्तव्यका लागि सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।

आइपे प्राइभेट लिमिटेड डिजिटल वालेट हो । आइपेबाट टेलिफोन बिल, रिचार्ज, इन्टरनेट बिल, हवाई टिकट बुकिङ्ग, मोबाइल रिचार्ज गर्ने देखि मुभि टिकट बुकिङ्ग गर्ने आदि सुविधा सहजै लिन सकिन्छ ।

यसै बिच अब आइपेले बससेवासँग सहकार्य गरेसँगै आईपेबाट नेपालभरि बसको टिकट अनलाइनबाटै खरिद गर्न सकिने भएको छ ।