2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका प्याकुरेल, जसले १४ वर्षसम्म विद्यालयमा निःशुल्क सेवा गरे

मीना घोरसाइने | मङ्सिर ९, नुवाकोट | आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । ८० वर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसक्नुभएको छ । 

विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मनुभएका प्याकुरेलले विसं २०१८ मा प्रवेशिका उत्तीर्ण गरी हाल भएको सूर्यगढी गाउँपालिकास्थित बागेश्वरी प्राविबाट शिक्षासेवा आरम्भ गर्नुभएको थियो । विसं २०३१ सम्म निरन्तर सोही विद्यालयका लागि निःस्वार्थ सेवा गर्नुभएका प्याकुरेलले शिक्षासेवा छाड्नुभएसँगै आफ्नो घरजग्गासहित केही जग्गा विद्यालयकै नाममा पास गरिदिनुभयो । “त्यो क्षेत्रमा शिक्षा दिनु मेरो धर्म थियो, पैसा नै मेरा लागि सबथोक थिएन”, प्याकुरेलले भन्नुभयो । 

हाल उक्त विद्यालयमा माध्यामिक तहसम्म पढाइ हुन्छ भने सूर्यगढी बहुमुखी क्याम्पस समेत उहाँले नै दान गर्नुभएको जग्गामा सञ्चालन भएको छ । शिक्षासेवा छाडेदेखि नै आफूले राजनीतिमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो बाँकी जिन्दगी समाजसेवा र राजनीतिमा नै बिताउनु थियो । तसर्थ आफूसँग भएको पुर्ख्यौली सम्पत्ति बिक्री गरी आफ्नो कामलाई निरन्तरता दिँदै गएँ ।” उहाँले आफ्नो स्वामित्वमा रहेको ६० रोपनी जमीन समाजसेवामा नै खर्चनुभयो । शिक्षा सेवामा रहुञ्जेल भने प्याकुरेलको चौध जनाको परिवार खेतीपातीबाटै चलेको थियो । प्याकुरेलले रसुवाको सरमथलीमा रहेको तत्कालीन निर्कुभूमिे उमाविमा समेत आर्थिक सहयोग गर्नुभयो । अङ्गेजी र हिन्दी भाषामा समेत अब्बल उहाँ प्रवेशिका तहबाहेक अध्ययन गर्न नपाएपछि भने निकै आत्मग्लानि महसुस गर्नुहुन्थ्यो । फलस्वरुप उहाँले विसं २०२३ मा स्नातकसरह कानून विषय उत्तीर्ण गर्नुभएको थियो । 

प्याकुरेलले नुवाकोट, रसुवा, काठमाडौँलगायत क्षेत्रमा सात मन्दिर समेत बनाइसक्नुभएको छ । विद्यालयको प्रधानाध्यापक हुँदा विसं २०२४ मा प्याकुरेलको अगुवाइमा नुवाकोटदेखि बागीश्वरी हुँदै ओख्रे, उर्लेसम्म चल्ने मोटरबाटाको समेत निर्माण भएको थियो । बागीश्वरी चोकमा उहाँले बनाउनुभएको बाआमाका नाममा भीमलीला स्मृति सङ्ग्रहालय पनि निर्माणका क्रममा छ । सङ्ग्रहालयभित्र ब्रह्माबाबाको मन्दिर, गणेश मन्दिर र राधाकृष्ण मन्दिर छन् भने पुराना ऐतिहासिक तथा धार्मिक पुस्तक राख्ने उहाँको योजना छ । उक्त सङ्ग्रहालयका लागि प्याकुरेलले रु एक करोड लगानी गर्नुभएको छ । सङ्ग्रहालयमार्फत उक्त क्षेत्रका मानिसलाई धर्मका बारेमा जानकारी दिनाका साथै आन्तरिक पर्यटनको प्रवद्र्वन गराउने उद्देश्य समेत रहेको उहाँ बताउनुहुन्छ । 

उहाँले विसं २०२१ मा निजी खर्चमा बागीश्वरी माविका लागि पुस्तकालय तथा विसं २०५२ मा नुवाकोट क्षेत्र नम्बर २ मा बागीश्वरी गाविसमा निजी रु तीन लाखको श्रोतमा राधाकृष्ण मन्दिरको निर्माणसमेत गर्नुभयो । साथै उक्त क्षेत्रको वातावरण सरसफाइ र वनजङ्गल संरक्षणमा समेत उहाँको योगदान छ । “हामीले मरेपछि पनि लैजाने भनेको काम र नाम मात्रै हो”, उहाँले भन्नुभयो । समाजलाई असल कर्मको पथमा डोहो¥याउनु आफ्नो धर्म रहेको उहाँ बताउनुहुन्छ । विभिन्न सामाजिक काममा समेत क्रियाशील प्याकुरेल हाल ब्रह्माकुमारी राजयोगमा लागेर समाजसेवामा संलग्न हुनुहुन्छ । आफ्नो जिब्राको स्वादको लागि पशुको हत्या गर्नु महापाप हो भन्ने विचार राख्ने प्याकुरेल आफूले पहिले नजानेर माछामासु खाएकामा पश्चात्ताप मान्नुहुन्छ । 

“आजको मानिस धर्मलाई नकार्छ तर धर्मविना जीवनको कुनै अर्थ छैन”, उहाँ बताउनुहुन्छ । प्याकुरेल अहिले काम, क्रोध, लोभ, मोह, अहङ्कार सबै त्यागे मात्र भगवान्को शरणमा पुगिन्छ भन्ने पथमा अघि बढिरहनुभएको छ । कानून विषय उत्तीर्ण प्याकुरेल हालसम्म पनि सरकारवादी मुद्दमलगायत असहाय महिलाका लागि निःशुल्क कानूनी सेवा दिँदै आउनुभएको छ । हालसम्म आफूले ५० देखि ६० महिलालाई न्याय दिलाएको उहाँले जानकारी दिनुभयो । कानूनी क्षेत्रमा पनि उहाँको छ दशक बितिसक्यो । 

प्याकुरेलले आफ्नै लागि पनि अदालतका विरुद्ध मुद्दा लडी जित्नुभएको थियो । विसं २०४० देखि उहाँको जग्गा जिल्ला अदालत नुवाकोटले रोक्का गरिदिएपछि उहाँ ३० वर्षसम्म रोक्का फिर्ता गर्न अदालतका विरुद्ध लाग्नुभएको थियो । “जग्गा बेचेर नै बितेको मेरो सामाजिक कर्म अदालतले रोक्का गरिदिएपछि निकै सास्ती बेहोरँ”, स्मरण गर्दै प्याकुरेलले भन्नुभयो । अन्ततः उहाँ विसं २०७० कात्तिक १ गते आफ्नो पक्षमा फैसला लिन सफल हुनुभयो । सो विवरण सर्वोच्च अदालतको विसं २०७१ बैशाख १ गतेको अङ्क १ को भाग ५६ मा कानून पत्रिकामा समेत उल्लेख छ । विसं २०६३ को अन्तरिम संविधानको मस्यौदा बनाउन समेत उहाँको योगदान छ । त्यतिबेला उहाँले सर्वोच्च अदालतका न्यायधीश लक्ष्मणप्रसाद अर्यालसँग सहकार्य काम गर्नुभएको थियो । 

आफ्नो पूर्ण जीवन नै अरुको सेवामा समर्पित गर्ने उहाँको योजना छ । काठमाडौँ महाराजगञ्जमा गीता पाठशाला समेत सञ्चालन गरिरहनुभएका प्याकुरेल हाल योगबाट नै मृतात्मासँग सम्पर्क गरिरहेको जिकिर गर्नुहुन्छ । तीन छोरा र एक छोरीका पितासमेत रहनुभएका उहाँ आफूले जीवनमा विवाह गरेर ठूलो गल्ती गर्नुभएको बताउनुहुन्छ र हरेक अविवाहितलाई विवाह नगर्न समेत सल्लाह दिनुहुन्छ । हाल उहाँ आफूलाई समाजसेवी भन्दा पनि राजयोगी भन्न रुचाउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई