पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर १४, काठमाडौं |</b> यस वर्षको एसईई चैत १० देखि हुने भएको छ । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । <br></p><p>प्रदेश तहमा परीक्षा सञ्चालन गर्ने भनिए पनि तयारीकै क्रममा रहेकाले यस वर्ष बोर्डमातहतमै हुन लागेको हो। परिक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्ष्ँण प्रदेश कार्यालयबाट हुने परीक्षा नियन्त्रक रामशरण सापकोटाले बताए । </p><p>प्रश्नपत्र र नतिजा प्रकाशन भने बोर्डले नै गर्नेछ ।</p>

