२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रशासन एमफिल इन्ट्रान्स नतिजामा विवाद : के हो वास्तविकता ?

२०७५, १८ मंसिर मंगलवार ११:५४

मनोज पराजुली, मंसिर १८, काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको जनप्रशासन केन्द्रीय विभागले प्रकाशन गरेको एमफिल इन्ट्रान्सको नतिजा प्रकाशनमा त्रुटी देखिएको छ। लिखित परीक्षामा फेल भएका विधार्थी उमेशभक्त जोशीको नाम अन्तर्वार्ताबाट छनौट गरिएको सूचना प्रकाशित गरिएपछि विवाद बाहिर आएको हो ।

घटनाक्रम के हो ?

जनप्रशासन एमफिल इन्ट्रान्सको परीक्षा संचालन तथा नतिजा प्रकाशन जनप्रशासन केन्द्रीय विभागले नै गर्ने गर्दछ। सोहि अनुरुप  जनप्रशासन केन्द्रीय विभागले गत असोज १४ गते एक सूचना प्रकाशित गरि एमफिलको लागि भर्ना आह्वान गरेको थियो।


विभागले भर्नाको लागि आवेदन दिएका विद्यार्थीहरुको लिखित परीक्षा मंसिर ८ गते लिएको थियो ।

हेर्नुहोस लिखित परीक्षाको प्रश्नपत्र 

सो लिखित परिक्षामा सहभागी मध्ये मेरिट लिष्टका आधारमा विभागले अन्तर्वार्ताका लागि मंसिर १२ गते सूचना निकालेको छ। जसमा ४२ जनाको नाम समावेस गरिएको छ तर  इन्ट्रान्स रोल नं. ५५ भएका उमेशभक्त जोशीको नाम सो लिष्टमा रहेको छैन । किनकी विभागले निकालेको यो लिष्ट पास हुनेहरुको मात्र हो यसबाट के देखिन्छ भने जोशी लिखित परीक्षामा फेल भएका छन् ।

हेर्नुहोस लिष्ट 



विभागले मंसिर १४ र १५ गते अन्तर्वार्ता लिएको छ । साथै १४ गते समावेस हुन नसक्ने भनि निवेदन दिएका केहि विद्यार्थी सहित उमेशभक्त जोशीको पनि अन्तर्वार्ता मंसिर १५ गते लिइएको छ । सूचनामा हेर्न सकिन्छ, लिखितमा फेल भनिएका जोशीको नाम अन्तर्वार्ता पछि छनौट सूचीमा ३० औं नम्बरमा निस्किएको छ ।



यस विचमा प्रश्न आउँछ लिखित परीक्षामा फेल भएका विधार्थी कसरी अन्तर्वार्तामा छनौट भए ? जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख डा. टेकनाथ ढकाल भन्छन् "लिखित परीक्षाको नतिजाको पुन्र्योग गरि पाउँ भनि जोशीले निवेदन दिएको र सोहि आधारामा नतिजा पुनर्योगमा पास देखिएकोले उनलाई पनि अन्तर्वार्तामा समावेस गरिएको हो ।" यस विचमा जोशीको निवेदन अनुरुप परीक्षा कमिटीले निर्णय गरेको बताइए पनि किन निर्णय बाहिर नआएको भन्ने विषयमा त्रुटी भएको उनले स्वीकार गरे । जोशीले लेखेको कपिमा केरमेट गरेर नम्बर थपेर पास गरेको भन्ने कोहि कसैलाई लागेमा कपी हेर्न सकिने पनि उनले बताए । 

राजनीतिक आडमा त्रिवि व्यवस्थापन संकायका डिन प्रा. डिल्लीराज शर्माको दबाबमा परी जोशीलाई उत्तिर्ण गराएको आरोप जनप्रशासन स्ववियु लगाएको छ । आखिर स्ववियुले लगाएको आरोपको सत्यता के हो ? विभागीय काममा डिन कार्यालयको हस्तक्षेप गरिएको हो ? भन्ने हाम्रो प्रश्नमा डिन शर्माले यसमा कुनै सत्यता नभएको जिकिर गरे उनले भने "दवाबको भरमा रिजल्ट प्रकाशित भन्ने हुन्छ ?, विद्यार्थीको कपि हेर्नुपर्यो नि, यो सबै गलत अफवाह फैलाएको मात्र हो।" उनले आफु राजधानी बाहिर रहेकोले यसबारे थप जानकारी काठमान्डौ आएपछि बुझ्ने र आवश्यक परे छानविन समिति पनि बनाउन सकिने बताए । स्ववियुले लगाएको तालाबन्दी सन्दर्भमा आपसी छलफलबाट समस्या समाधान गर्ने डिन शर्माले जानकारी दिए ।   

विवादमा तानिएका जोशी पूर्व नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जनप्रशासन क्याम्पसका विद्यार्थी नेता हुन् । यसैविच केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा सोमबार तालाबन्दी गरिएको स्ववियुले तालाबन्दी गरेको छ। नतिजा सच्याएर पुन प्रकाशित नगरीए आन्दोलन गर्न बाध्य हुने स्ववियुले जनाएको छ । 


तर विवादमा तानिएका विधार्थी जोशीले आफुले पुनर्योगका लागि निवेदन दिएको आधारमै परीक्षा कमिटीले बोलाएर नै अन्तर्वार्तामा समावेस भएको र सोहि अनुरुप नाम एपफिल अध्ययनका लागि नाम निस्किएको बताए ।

अब के हुन्छ हामी यसको निरन्तर फलो गर्नेछौं 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा