Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

‘गरीबका छोराछोरीले पढ्न पाउने गरी ऐन आयो’

By साझासवाल

माघ १७, काठमाडौँ : राष्ट्रियसभा सदस्य रामनारायण विडारीले वर्तमान सरकारले गरीबका छोराछोरीले पनि पढ्न पाउने ऐन ल्याएको प्रतिक्रिया दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले ल्याएको चिकित्सा शिक्षासम्बन्धी ऐनलाई सकारात्मक रुपमा लिनसमेत आग्रह गर्नुभयो ।

“संसदीय प्रणालीमा जुनसुकै विधेयक पारित गर्दा वा अन्य विषयमा समेत बहुमतीय प्रणाली अवलम्बन गर्ने विषयलाई संविधानमै उल्लेख गरिएको छ भने चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित गर्दा सरकार कसरी अधिनायकवाद भयो ? सांसद विडारीले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सदस्यहरुको अवरोधबीच राष्ट्रियसभाले आज ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको थियो ।

बहुमतको अहंकार प्रदर्शन भयो : अधिकारी

राष्ट्रियसभाका अर्का सदस्य राधेश्याम अधिकारीले प्रतिपक्षी दलको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित गरेर सरकारले बहुमतको अहंकार प्रदर्शन गरेको आरोप लगाउनुभयो ।

“सरकारले एउटा सत्याग्रही(प्रा.डा गोविन्द केसी)को आवाजलाई कुल्चिएको छ र संसदीय मर्यादालाई मिचेको छ, यो विधेयक कसरी पास गरिएको छ, यसले चिकित्सा शिक्षामा हामीले कल्पना गरेभन्दा विपरीत दृष्टिकोण आउनेछ, आगामी दिनमा बूढी मरीभन्दा पनि काल पल्कियो भन्ने चिन्ता हो,” सांसद अधिकारीले भन्नुभयो ।