2026-11-02 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गरीबका छोराछोरीले पढ्न पाउने गरी ऐन आयो’

माघ १७, काठमाडौँ : राष्ट्रियसभा सदस्य रामनारायण विडारीले वर्तमान सरकारले गरीबका छोराछोरीले पनि पढ्न पाउने ऐन ल्याएको प्रतिक्रिया दिनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले ल्याएको चिकित्सा शिक्षासम्बन्धी ऐनलाई सकारात्मक रुपमा लिनसमेत आग्रह गर्नुभयो । 

“संसदीय प्रणालीमा जुनसुकै विधेयक पारित गर्दा वा अन्य विषयमा समेत बहुमतीय प्रणाली अवलम्बन गर्ने विषयलाई संविधानमै उल्लेख गरिएको छ भने चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित गर्दा सरकार कसरी अधिनायकवाद भयो ? सांसद विडारीले भन्नुभयो । 

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सदस्यहरुको अवरोधबीच राष्ट्रियसभाले आज ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको थियो ।

बहुमतको अहंकार प्रदर्शन भयो : अधिकारी 

राष्ट्रियसभाका अर्का सदस्य राधेश्याम अधिकारीले प्रतिपक्षी दलको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित गरेर सरकारले बहुमतको अहंकार प्रदर्शन गरेको आरोप लगाउनुभयो । 

“सरकारले एउटा सत्याग्रही(प्रा.डा गोविन्द केसी)को आवाजलाई कुल्चिएको छ र संसदीय मर्यादालाई मिचेको छ, यो विधेयक कसरी पास गरिएको छ, यसले चिकित्सा शिक्षामा हामीले कल्पना गरेभन्दा विपरीत दृष्टिकोण आउनेछ, आगामी दिनमा बूढी मरीभन्दा पनि काल पल्कियो भन्ने चिन्ता हो,” सांसद अधिकारीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द