2026-11-02 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलएलबी दोश्रो वर्षको परीक्षाको रिजल्ट चैत्र दोश्रो साता आउने

चैत्र ३,काठमाडौं । एलएलबी दोश्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशनमा अझै २ साता लाग्ने भएको छ। दोश्रो वर्षको मुटकोर्ट विषयको मुल्यांकन गर्न बाँकि रहेकोले रिजल्ट प्रकाशन चैत्र १०/१२ पछि मात्र हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले साझा सबाललाई जानकारी दिए ।

रिजल्ट प्रकाशन छिटो हुनुपर्यो भन्दै बिद्यार्थीबाट माग आएको छ, जोशीले भने “यस विषयमा सम्बन्धित सबैसंग छलफल भएको छ, २ गाडी मुटकोर्ट मुल्यांकन गर्न बाँकि छ, त्यो परीक्षण सकिने वित्तिकै रिजल्ट प्रकाशन गर्छौं ।” तत्काल रिजल्ट प्रकाशन नहुने भएपछि एलएलबी प्रथम र तेश्रो वर्ष पास भएर दोश्रो वर्षको रिजल्ट पर्खिएका सयौं विधार्थीहरु नेपाल कानून व्यवसायी परिषदले लिने २६ औं अधिवक्ता तहको परीक्षामा सहभागी हुन नपाउने भएका छन् । २६ औं अधिवक्ता तहको परीक्षाको लागि दोब्बर दस्तुरमा फर्म भर्ने अन्तिम मिति चैत्र पहिलो साता रहेको छ। चैत्रको पहिले सातासम्म रिजल्ट आउने सम्भावना नभएपछि पास हुने बिद्यार्थीहरुले अधिवक्ता परीक्षाका लागि १ वर्ष कुर्नुपर्नेछ।  

छिटो रिजल्ट प्रकाशन गर्नका लागि विभिन्न विधार्थी संगठनले परीक्षा नियन्त्रण कार्यालय, कानुन संकायका डिन, नेपाल ल क्याम्पस प्रमुख लगायतको ध्यानाकर्षण गराइसकेका  छन् साथै यस विषयमा हेलो सरकारमा समेत गुनासो दर्ता भैसकेको छ ।  तर नेपाल कानून व्यवसायी परिषदका सचिव रामहरी शर्मा काफ्लेले हालसम्म विधार्थीहरुबाट परीक्षाबारे कुनै गुनासो नआएको बताए । अहिलेसम्म कहिँ कतैबाट गुनासो आएको छैन, आएमा पनि परीक्षा समितिले निर्णय गर्नुपर्छ, उनले भने “गुनासो आएमा परीक्षा समितिमा पेश गर्छु, परीक्षाको म्यादबारे समितिले नै निर्णय गर्छ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द