2026-11-02 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा विकास तथा इकाई प्रमुखलाई कार्यकक्षमै कालो मोसो दलियो

प्रकाश बम | चैत्र १०, डोटी | नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मसो दलेका छन् ।

आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रिय सदस्य बिजय ओझाले बताए । 

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता,भ्रष्टाचार र कानुन विपरीत काम गरी रहेका वारेमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेदिलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै घटनाबारे यथाशिघ्र छाविन गरी दोषीलाई हदैसम्मको कार्यवाहीको माग नेविसंघले ९ वुदे विज्ञप्ति समेत जारी गरेको छ । 

नेविसंघका केन्द्र तथा जिल्ला नेताद्धारा जारी गरेको विज्ञप्तीमा विद्यायालय भवन निर्माण,मर्मत र शौचालय निर्माणका योजनाहरुमा आफन्तको माध्यमवाट १० प्रतिशत भन्दा बढी रकम कमिशन अग्रिम असुल गरी मात्र वितरण गर्ने गरेको, कमिसन नआउने योजनाहरु काम सम्पन्न हुँदा पनि समेत मुल्याँकन नगरेको,बि.व्य.स.को अधिकारभित्र रहेका करार शिक्षक नियुक्ति, अस्थायी÷करार शिक्षकको म्याद थप आफ्नै कार्यलयमा संञ्चालन हुने गरी कार्यविधि तयार गरेको, करार शिक्षक नियुक्ति गर्दा ४ महिनाको तलव सम्म लिने गरेको, प्रश्न पत्र आउट गर्ने गरेको,अस्थायि करार शिक्षकको म्याद थप गर्दा उठाएको पैसा राजश्वमा जम्मा नगरी अनावश्यक खर्च गरेर पारदर्शि नगरेको, बढुवा हुने शिक्षकको संख्या लुकाएको र शिक्षक महासंघले आवाव उठाए पछि मात्र सार्वजनिक गरेको,यस बर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ) केन्द्राध्यक्ष छान्दा योग्यता÷क्षमताको कुनै वास्ता नगरी राजनिति कोटाका आधरमा गरेको, कमिसन नपाए करार शिक्षकको महिनौ दिन लिखित परिक्षाको रिजेल्ट प्रकाशन नगरेको,कमिसनको रकम उठाउनका लागि कृषि विकास वैङ्क घट्टाघर भक्तपुरको शाखामा रहेको चन्द्रमाया कोइरालाको नाममा रहेको  खाता नम्वर ०२–१२३–००७५५–१८६–०१९ र राष्ट्रिय वाणिज्य वैङ्क वानेश्वरमा शाखामा रहेको अरुण पौडेलको नाममा रहेको १४२००७०१५१० खाता नम्बरहरु बिद्ययालयका प्रधानाध्यापकहरुलाई वाडेको, विदाको दिनमा सरकारी गाडीको दुरुपयोग गरेको बिज्ञप्तीमा भनिएको छ ।

यसविषयमा जिल्ला शिक्षा समन्वय विकास अधिकारी पौडेलसंग कुरा गर्न खोज्दा  अहिले आफु तनावमा रहेको भन्दै पछि कुरा गर्ने बताए ।

प्रमूख जिल्ला अधिकारी यादब सुवेदीले भ्रष्टाचारजन्य गतिबिधिमा संलग्न कर्मचारीलाई कारबाहीका लागि कानुनी प्राबधान हुँदाहुदै कार्यकक्षमै गएर यस्तो दुब्र्यबहार गर्नु निन्दनीय रहेको बताए । साथै यसमा संलग्न ब्यक्तीहरुलाई कानुनमा भएको व्यबस्था अनुसार कारबाही गरिने पनि उनले बताए ।

जिल्ला शिक्षा समन्वय बिकास अधिकारी पौडेलबिरुद्ध पनि कानुनीबाटोबाट प्रमाण सहित उजुरी आए छानविन र कारबाही गरिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द