2026-09-14 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा विकास तथा इकाई प्रमुखलाई कार्यकक्षमै कालो मोसो दलियो

प्रकाश बम | चैत्र १०, डोटी | नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मसो दलेका छन् ।

आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रिय सदस्य बिजय ओझाले बताए । 

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता,भ्रष्टाचार र कानुन विपरीत काम गरी रहेका वारेमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेदिलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै घटनाबारे यथाशिघ्र छाविन गरी दोषीलाई हदैसम्मको कार्यवाहीको माग नेविसंघले ९ वुदे विज्ञप्ति समेत जारी गरेको छ । 

नेविसंघका केन्द्र तथा जिल्ला नेताद्धारा जारी गरेको विज्ञप्तीमा विद्यायालय भवन निर्माण,मर्मत र शौचालय निर्माणका योजनाहरुमा आफन्तको माध्यमवाट १० प्रतिशत भन्दा बढी रकम कमिशन अग्रिम असुल गरी मात्र वितरण गर्ने गरेको, कमिसन नआउने योजनाहरु काम सम्पन्न हुँदा पनि समेत मुल्याँकन नगरेको,बि.व्य.स.को अधिकारभित्र रहेका करार शिक्षक नियुक्ति, अस्थायी÷करार शिक्षकको म्याद थप आफ्नै कार्यलयमा संञ्चालन हुने गरी कार्यविधि तयार गरेको, करार शिक्षक नियुक्ति गर्दा ४ महिनाको तलव सम्म लिने गरेको, प्रश्न पत्र आउट गर्ने गरेको,अस्थायि करार शिक्षकको म्याद थप गर्दा उठाएको पैसा राजश्वमा जम्मा नगरी अनावश्यक खर्च गरेर पारदर्शि नगरेको, बढुवा हुने शिक्षकको संख्या लुकाएको र शिक्षक महासंघले आवाव उठाए पछि मात्र सार्वजनिक गरेको,यस बर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ) केन्द्राध्यक्ष छान्दा योग्यता÷क्षमताको कुनै वास्ता नगरी राजनिति कोटाका आधरमा गरेको, कमिसन नपाए करार शिक्षकको महिनौ दिन लिखित परिक्षाको रिजेल्ट प्रकाशन नगरेको,कमिसनको रकम उठाउनका लागि कृषि विकास वैङ्क घट्टाघर भक्तपुरको शाखामा रहेको चन्द्रमाया कोइरालाको नाममा रहेको  खाता नम्वर ०२–१२३–००७५५–१८६–०१९ र राष्ट्रिय वाणिज्य वैङ्क वानेश्वरमा शाखामा रहेको अरुण पौडेलको नाममा रहेको १४२००७०१५१० खाता नम्बरहरु बिद्ययालयका प्रधानाध्यापकहरुलाई वाडेको, विदाको दिनमा सरकारी गाडीको दुरुपयोग गरेको बिज्ञप्तीमा भनिएको छ ।

यसविषयमा जिल्ला शिक्षा समन्वय विकास अधिकारी पौडेलसंग कुरा गर्न खोज्दा  अहिले आफु तनावमा रहेको भन्दै पछि कुरा गर्ने बताए ।

प्रमूख जिल्ला अधिकारी यादब सुवेदीले भ्रष्टाचारजन्य गतिबिधिमा संलग्न कर्मचारीलाई कारबाहीका लागि कानुनी प्राबधान हुँदाहुदै कार्यकक्षमै गएर यस्तो दुब्र्यबहार गर्नु निन्दनीय रहेको बताए । साथै यसमा संलग्न ब्यक्तीहरुलाई कानुनमा भएको व्यबस्था अनुसार कारबाही गरिने पनि उनले बताए ।

जिल्ला शिक्षा समन्वय बिकास अधिकारी पौडेलबिरुद्ध पनि कानुनीबाटोबाट प्रमाण सहित उजुरी आए छानविन र कारबाही गरिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले