Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खुर्पा प्रहार गरी श्रीमानको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २३, बनेपा (रासस) |</b> काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा आज श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् ।&nbsp;<br></p><p>प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् । सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो ।&nbsp;</p><p>सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन् । उनी बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । प्रहरीले हत्यामा संलग्न लालीमायालाई पक्राउ गरेको छ ।&nbsp; &nbsp;</p>