२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र कप्सको सुन्दरी देखेर आँखा सन्कियो…. (भिडियो हेर्नुहोस्)

२०७६, ७ बैशाख शनिबार १८:०५

वैशाख ७, काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत शनिबार दिउँसो रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो…बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन् । 


यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यलकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् । 

यो चलचित्रलाई अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा अनुसार राखिएको यो आईटम गीत हो । यो चलचित्र प्रहरी सेवाको कथामा केन्द्रित रहेको निर्देशक सापकोटाले बताए । गीतमा नृत्य कलाकार रिया प्रधानको नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 


यो चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा