Skip to content
Friday, July 17, 2026 Nepali Online Media

काङ्ग्रेसको जागरण अभियान वैशाख २५ गतेदेखि

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १०, काठमाडौँ (रासस) | नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ । काङ्ग्रेसले भोलि वैशाख ११ देखि शुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको हो ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पहिलो चरणमा हुन लागेको जागरण अभियान पार्टीका नेताको निधनका कारण वैशाख २५ गतेदेखि गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अब काङ्ग्रेसको जागरण अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म हुने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

ताम्राकारको निधनप्रति दुःख व्यक्त

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज साँझ बसेको बैठकले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनुभएका ताम्राकारको आज दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेता ताम्राकार पार्टीका श्रद्धेय नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहनुभएको काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेसको केन्द्रीय कार्यालय, रुपन्देही जिल्ला कार्यालयलगायत पार्टीको भौतिक संरचना निर्माणमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । राजनीतिक जीवनबाहेक नेता ताम्राकारले शान्ति, बुद्ध दर्शन, विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण कार्यमा पनि विशिष्ट योगदान पुर्याउनुभएको थियो ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल आस्था र समर्पणभाव राख्नु हुने दिवङ्गत नेता ताम्राकारको निधनले काङ्ग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ । स्व नेता ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न भोलि वैशाख ११ गते बिहान १०ः३० देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । त्यसपछि भोलि नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिने पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले दिवङ्गत नेता ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । त्यस्तै वैशाख ११ गते बुधबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने, १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।