2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राइभेट तर्फको परीक्षाका लागि विद्यार्थीको आकर्षण बढ्यो, २६ सयमै स्नाकोत्तर पढ्न पाइने

शरद शर्मा, बैशाख १६,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो ।  

प्राइभेट तर्फको परीक्षा यो वर्ष अन्तिम हुने हो कि भनेर विद्यार्थी बिहानैदेखि फाराम भर्नका लागि लामवद्ध भएका थिए । विद्यार्थीको भीडका कारण शुल्क बुझाउनका लागि पनिकाभित्र नै  चार ठाउँ तोकिएका । तर शुल्क बुझाउनेमा भीड भएपछि विद्यार्थी नेपाल बैंक लिमिटेड र ग्लोबल आइएमइको कुलेश्वर र त्रिवि गेटमा काउण्टरमा समेत पुगेका थिए ।  

सेमेष्टर प्रणाली महङ्गो भएकाले विद्यार्थी अहिले प्राइभेट परीक्षातर्फ आकर्षित भएका हुन् । गतवर्ष नै त्रिविले प्राइभेट परीक्षा खुलाउँदा अन्तिम परीक्षा हुने भनेर सूचना प्रकाशित गरेकोमा सेमेष्टर प्रणालीको दुरशिक्षाको कार्यविधि नबनेकाले यसवर्ष पनि प्राइभेटतर्फको परीक्षाको फाराम खुलाइएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । 

त्रिविले सूचना प्रकाशित गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भर्ने सयमसीमा तोकेको थियो । परीक्षा नियन्त्रक जोशीले गतवर्ष नौ हजार परीक्षार्थी भएकोमा यसवर्ष करीब २० हजार पुग्ने जानकारी गराउनुभयो । हिजो आइतबारमा मात्र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा चार हजार पाँच सय विद्यार्थीले फाराम भरेका थिए । 

 त्रिविले परीक्षा नियन्त्रक कार्यालयका क्षेत्रीय कार्यालय पोखरा, विराटनगर, नेपालगञ्ज र अत्तरियाबाट परीक्षा फाराम भर्ने व्यवस्था गरेको छ । ‘‘हामीले गतवर्ष कार्यविधि बनाउन सकैनौं । प्राइभेट परीक्षालाई नरोकांै भन्ने त्रिविको निर्णयले यसवर्ष पनि प्राइभेटको लागि फाराम खुलाएका हौं’’ परीक्षा नियन्त्रक जोशीले भन्नुभयो,‘‘यो वर्ष अन्तिम परीक्षा हो कि भनेर धेरै विद्यार्थीेको फाराम भर्ने भीड लागेको छ । 

कार्यविधि बनाएपछि हामीले वार्षिक प्राइभेट परीक्षालाई बन्द गरी सेमेष्टर अन्तर्गतको प्राइभेट परीक्षा लिन्छौ ।’’सेमेष्टर प्रणाली अन्तर्गतको प्राइभेट परीक्षामा विद्यार्थी क्याम्पस नै भर्ना नभएर परीक्षा दिन पाउने छन् । 

‘‘प्राइभेट सेमेष्टरमा विद्यार्थी क्याम्पसमा भर्ना हुनुपर्दैन’’ उहाँले भन्नुभयो, ‘‘विद्यार्थीलाई अनलाइनबाट नै कार्यादेश (असाइमेन्ट) गर्न लगाइन्छ र अनलाइनबाट नै असाइमेन्ट पूरा गरेर छ÷छमहीनाको सेमेष्टर परीक्षा दिन पाउनेछ ।’’ सेमेष्टर प्रणाली शुरु भएपछि त्रिविमा प्राइभेट परीक्षा दिनेको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । 

स्नातकोत्तर तहका लागि एक हजार ३०० र स्नातक तहका लागि रु एक हजार शुल्क तिरे परीक्षा दिन पाइने भएकाले विद्यार्थीको आकर्षण अहिले प्राइभेटतिर भएको हो । उहाँका अनुसार गतवर्ष भन्दा दोब्बर यसवर्ष स्नातकोत्तर तहमा मात्र परीक्षार्थीले फाराम भरेका छन् । 

स्नातकोत्तर तहमा जनप्रशासन र राजनीतिक शास्त्रमा प्राइभेट परीक्षा दिन पाइने व्यवस्था रहेको छ । यस्तै स्नातक तहमा प्रयोगात्मक विषय बाहेक सबै विषयमा प्राइभेट दिन पाइने छ । प्राइभेट परीक्षाका लागि क्याम्पसमा भर्ना हुनुनपर्ने र शुल्क पनि धेरै नलाग्ने भएकाले विद्यार्थीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई