२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवाद्वारा स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फको पाठ्यक्रम सार्वजनिक (हेर्नुहोस)

२०७६, १३ जेष्ठ सोमबार ०८:५९

जेठ १३,काठमाडौं। लोक सेवा आयोगले स्थानीन तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहका लागि सोमबार अप्राविधिक तर्फ तह ४, ५ र ६ को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो । 

स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक (प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा सह लेखापाल (प्रशासन सेवा, लेखा समूह) पदहरुका लागि प्रथम पत्रमा सामान्य ज्ञान र सामान्य बौद्घिक परीक्षण १०० नम्बरको राखेको छ । जसमा ४० नम्बर ल्याउनेहरुले दोश्रो चरणमा  सामाजिक अध्ययन, कार्यालय संचालन तथा सामान्य गणित लिखित परीक्षा दिन पाउनेछन् । यस अघि खरिदार सरहको तेश्रो पत्रमा रहेको गणित, विज्ञानलाई दोश्रो पत्रमा नै समेटेको छ।

त्यस्तै पाँचौं तहका सहायक (प्रशासन सेवा, सामान्य प्रशासन समूह),लेखापाल-आन्तरिक लेखापरीक्षक-लेखा सहायक (प्रशासन सेवा, लेखा समूह) तथा सहायक (न्याय सेवा, कानून समूह) पदहरुको प्रतियोगितात्मक परीक्षाको लागि प्रथम पत्रमा सामान्य ज्ञान र सामान्य बौद्घिक परीक्षण १०० नम्बरको राखेको छ । जसमा ४० नम्बर ल्याउनेहरुले दोश्रो चरणको १०० नम्बरको सामाजिक–आर्थिक अवस्थाको लिखित परीक्षामा सहभागी हुन सक्नेछन् । यस अघि नासु सरहका लागि तेश्रो पत्र रहेकोमा हाल स्थानीय तहका लागि हटाइएको छ ।

अप्राविधिक तर्फ छैठौं तहका अधिकृत ((प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा अधिकृत-आन्तरिक लेखापरीक्षक अधिकृत-लेखा अधिकृत (प्रशासन सेवा, लेखा समूह) पदहरुको लागि प्रथम पत्र प्रशासनिक अभिरुचि परीक्षण मा १०० नम्बर राखिएको छ । दोश्रो पत्रमा शासन प्रणाली र समसामयिक विषय र तेश्रो पत्रमा सेवा समूह सम्बन्धी विषय १००/१०० नम्बर राखिएको छ। 

प्राविधिक तर्फ छैठौं तह, अधिकृत (न्याय सेवा, कानून समूह) पदका लागि प्रथम चरणमा पहिलो पत्र शासन प्रणाली र समसामयिक विषय, द्वितीय पत्रमा समसामयिक कानून तथा अभ्यास १००/१०० नम्बरको राखिएको छ । लोकसेवाले स्थानीय तहका लागि आगामी बुधबार विज्ञापन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

पाठ्यक्रम हेर्नुहोस्

न्याय सेवा, कानून समूह, छैठौं तह, अधिकृत पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रशासन सेवा, सामान्य प्रशासनरलेखा समूह, छैठौं तह, अधिकृत र लेखा अधिकृत रआन्तरिक लेखापरीक्षक अधिकृत पदहरुको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम 

प्रशासन र न्याय सेवा, सामान्य प्रशासन र लेखा र कानून समूह, पाँचौं तह, सहायकर लेखापाल र आन्तरिक लेखापरीक्षक पदहरुको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, चौंथो तह, सहायक र सहलेखापाल पदहरुको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ