२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वविद्यालयविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै

२०७६, २४ जेष्ठ शुक्रबार १२:०८


जेठ २४, काठमाडौँ (रासस )त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । 

सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)सहित अमेरिका, बेलायत, फिनल्याण्ड र जापानका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापकको सहभागीता रहनेछ । 

सम्मेलनबाट आएका सुझावलाई  त्रिविको नीति निर्माणमा समावेश गरी कार्यान्वयनमा गरिने सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइँयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डिल्लीराम उप्रेतीले विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “त्रिविको शैक्षिकस्तर माथि उकासिने र विश्वसामु यसको शैक्षिक उन्ननयनबारे थप जानकारी हुनेछ ।” 

विश्व व्यापार संगठनका कारण विश्वविद्यालय शिक्षाको थप अन्तर्राष्ट्रियकरण हुँदै गएको छ । विश्वविद्यालयमा हुने अध्ययन अनुसन्धान  खोजले आर्थिक समृद्धि प्राप्त गर्न र विश्वविद्यालयलाई विश्वस्तरमा उच्च स्थानमा पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

 त्रिभुवन विश्वविद्यालयले २० वर्षदेखि विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको छ । हालसम्म १६० विदेशी विश्वविद्यालय ÷शैक्षिक संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर गरी अनुसन्धान, शैक्षिक कार्यक्रम आदान प्रदान समेत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २६ गते सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ