Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाग्लुङको सिसाखानी माविमा भएको गतिविधिप्रति दुई शिक्षक संगठनको ध्यानाकर्षण

By साझासवाल 5 मिनेट पढाइ

असार १, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानी स्थित सिसाखानी माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको तथ्यहिन आरोप लगाउँदै भएको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको दुई शिक्षक संगठनले बताएका छन । विद्यालयका प्रध्यानाध्यपक होम बहादुर घर्तीमाथि आर्थिक हिनामिनाको आरोप तथ्यहिन रहेको संगठनको भनाई छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र र नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गाउँपालिकाको शिक्षा शाखामा जानकारी गराउँदा समेत समस्या समाधानका लागि लामो समयसम्म पनि कुनै चासो नदेखाएको आरोप लगाएका छन । गाउँपालिका मातहतको शिक्षा शाखाको काम कारवाहीप्रति संगठनले आपति जनाएका छन ।

प्रचलित शिक्षा ऐन नियमावलीले ब्यबस्था गरेको कार्यबिधिलाई मिचेर नियम बिपरित अबैधानिक बाटो अपनाइ विद्यालयमा भएको निन्दनीय कार्यप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको संयुक्त विज्ञप्तीमा उल्लेख छ । बिद्यालयको कामकाजमा खटिरहेको एउटा स्वाभिमान शिक्षक तथा प्रध्यानाध्यापक माथि प्रमाण पुष्टि नभएको कथित आरोप लगाई बिद्यालयको सम्पुर्ण शैक्षिक गतिबिधि प्रभाबित हुने गरी भइरहेको गतिविधि अबैधानिक भन्दै शिक्षक संगठनले आपत्ति जनाएका हुन ।

विज्ञप्तीमा भनिएको छ, “प्रचलित शिक्षा ऐन नियमावलीले ब्यबस्था गरेको कार्यबिधिलाई मिचेर नियम बिपरित अबैधानिक बाटो अपनाइ अभिभावक भेला सिर्जना गरी बिद्यालय संचालन भइरहेको अबस्थामा हुल, हुज्जत र घेराबन्दी गरी बिद्यालयको काम कर्तब्यमा खटिरहेका ब्यक्तिको चरित्र हत्या हुने गरी गाली गलौज हातपात तोडफोड र मनोबैज्ञानिक दबाब सिर्जना गरेर जर्बजस्ती राजिनामा दिन लगाउने दुस्साहास गरी अपमानजनक दुब्र्यबहार गरिएको निन्दनिय कार्य प्रति संगठनको गम्भीर ध्यान आर्कषण भएको छ ।”

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नेत्र प्रसाद गौतम र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष वेद प्रसाद पोखरेलद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमार्फत शिक्षक संगठनले समस्याको तत्काल समाधान गर्न गाउँपालिकालगायत सरोकारवालालाई अपिल समेत गरेका छन ।

जेठ १६ गते विद्यालयको प्रशानिक कक्ष र स्टाफ कोठामा तालाबन्दी भएपछि विवाद थप चुलिएको हो ।

- हेम विश्वकर्माको सहयोगमा प्राप्त समाचार