२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफै भित्रको खुशी खोज्न योग,कहाँ छ जीवनको खुशी ?

२०७६, १ असार आईतवार ०२:५२

पूर्णप्रसाद मिश्र असार १,काठमाडौँ  | ‘योगश्चित्तवृत्तिनिरोधः’अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ ।‘योगस्थः कुरु कर्माणि’अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा गरिएको छ । संस्कृत भाषामा योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । मानिस दुःखमा बाँचिरहेको हुन्छ । कसरी सुखी खुशी हुने भन्ने खोजीमा हुन्छ । खुशीको स्रोत आफैँभित्र हुन्छ । त्यहाँ सम्पर्क गर्ने अथवा जोडिने अभ्यासलाई नै योग भनिन्छ ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायतका सकारात्मक गुणको विकास हुन्छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले प्रस्ताव गर्नुभयो । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नुभएको थियो । यो प्रस्तावलाई हाल  विश्वका १७० देशले समर्थन गरिसकेका छन् । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले असार ६ गते अर्थात् २१ जुनका दिन विविध कार्यक्रमको आयोजना गर्दैछन् ।

नेपालको अमूल्य निधिका रुपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वथ्य, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णन पाइन्छ ।

शिव र पार्वतीबीचको संवादलाई प्रचारप्र्सार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण शुरु भएको छ । विसं २०७२ देखि राष्ट्रिय योग दिवस भने माघ १ गते मनाउन थालिएको छ । उत्तरायण शुरु दिन पारेर माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय मन्त्रिपरिषद्ले २०७२ साउनमा गरेको थियो । त्यस वर्ष माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।योग पर्यटन

नेपाल संस्कृत विश्वविद्यालय योग विभागका प्रमुख डा हरिप्रसाद पोखरेलले नेपाललाई विश्वमै योग पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताउनुहुन्छ । “नेपालको हिमवत्खण्ड र मानस खण्डको बीचमा योगको विकास भएको हो, नेपालमा वर्षेनी हजारौँ विदेशी योग सिक्नकै लागि नेपाल आउँछन्, काठमाडौँमा ५० योग केन्द्रले विदेशीलाई मात्र योग सिकाउँछन्”, उहाँले भन्नुभयो ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले देशभरका ७५ गुरुकुल, एक दर्जन विद्यालयमा योग र ध्यानको कार्यक्रम अघि बढाएको छ । योग, ध्यान, यज्ञ र आयुर्वेदका माध्यमबाट वैदिक युगको पुनःजागरण गर्न लागिएको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा बताउनुहुन्छ । भावातीत ध्यानसहितको सिद्धि गरेका वैदिक पण्डितले युरोप अमेरिकाका मानिसको ग्रह शान्ति गर्न यज्ञ गर्दै आएका छन् । यसका लागि विदेशी पर्यटकको नेपाल आवागमन भइरहने गरेको छ ।

पतञ्जलि योग पीठले ७५ वटै जिल्लामा शाखा खोलेर ४० हजार योग शिक्षकमार्फत योगको पुनःजागरण शुरु गरेको जनाएको छ । ओशो तपोवनमा योग ध्यानलगायत साधनाका लागि धाउने विदेशीको सङ्ख्या पनि उल्लेख्य छ ।

नेपालीले योग गरेर निरोग भए विदेशिने अर्बौँ डलर स्वास्थ्यका नाममा जानबाट रोकिने पतञ्जलि योग पीठका अध्यक्ष शालिकराम सिंह बताउनुहुन्छ । योग प्रशिक्षक निर्यात गर्नसके श्रमका लागि विदेशिएकाले भन्दा राम्रो र इज्जतको रोजगारीको अवसर विदेशमा पाउने सम्भावना रहेको उहाँको भनाइ छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरले देशका ७२ जिल्लामा राजयोग र ध्यान सिकाउने अभियान शुरु गरिएको जानकारी दिनुभयो । यी र यस्तै योग, ध्यान साधनाका विधि अपनाउने संस्था नेपालमा दर्जनौँ छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार ६ गते (२१ जुन) पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस देशभर मनाउन आह्वान गरेको छ । प्रदेश र स्थानीय सरकारका साथै जिल्लास्थित कार्यालयलाई पनि विविध कार्यक्रम आयोजना गरी योग दिवस मनाउन आग्रह गरिएको जनाइएको छ ।

दिवस मनाउन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिले दिवस मनाउन आवश्यक तयारी शुरु गरेको छ । शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा अन्तराष्ट्रिय योग दिवस व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा