2026-07-10 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रुटी नहोस् भनेर नतिजा प्रकाशनमा उच्च सर्तकता अपनाइएको छ : एसईई

2019-06-26

असार ११, काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्न अन्तिम तयारीमा रहेको बोर्डले आज एसईईको नतिजा सार्बजनिक नगर्ने भएको छ | नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ | बुधबार मध्यान्हसम्म बोर्डको बैठकडाकिएको  छैन | त्यसकारण नतिजा प्रकाशन गर्ने सम्भावना नरहेको बोर्डले पुष्टि गरेको छ | अन्तिम रुजु र क्रस चेकिङको काम  सकिनासाथ नतिजा सार्वजनिक हुने जानकारी राष्टिय परीक्षा बोर्डले दिएको छ | 

कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको  बोर्डले जनाएको छ | कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउने तयारी बोर्डले गर्दै छ | गतवर्ष नतिजा प्रकाशन गर्दा करिब ९ हजार विद्यार्थीको ग्रेडसिटमा समस्या देखिएकाले यसपाली रिजल्ट सार्वजनिकमा हतार नगर्ने मनस्थितिमा बोर्डका कर्मचारीहरु छन्। निरीक्षणको क्रममा मंगलबार नतिजा प्रकाशनको नमुना परीक्षण (डेमो) समेत गरिएको थियो। गतवर्ष जस्तो त्रुटी नहोस् भनेर उच्च सर्तकता अपनाइएको बोर्डका सदस्यहरुले बताए। उनीहरुले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरुलाई हतार नगर्न समेत सुझाव दिएका हुन्।

मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो। नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो