पढ्न करिब 1 मिनेट लाग्छ

असार १८, काठमाडौं । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका विभिन्न समस्या, खराबी लगाएतका विषयमा नेकपा (माओवादी केन्द्र) समर्थित अखिल (क्रान्तिकारी)ले एक महिने अल्टिमेटम सहितको १० बुदे मागपत्र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोख्रेललाई पेश गरेको छ ।

उक्त मागपत्र अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, महासचिव सुन्दर रायमाझी, लगाएत पदाधिकारीसहित सदस्यहरुले पेश गरे । उक्त १० बुदे मागपत्र १ महिना भित्र पुरा नभए शसक्त आन्दोलन मार्फत ज्वारभाटा ल्याउने कुरा मन्त्रीलाई चेतावनीसमेत दिएको अध्यक्ष रायमाझीले बताए ।

जबाफमा, मन्त्री गिरिराजमणि पोख्रेलले यी जायज मागहरु भएको र आफूले माग पुरा गर्न प्रतिबद्ध रहेको बताए ।