2026-11-02 05:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुरुपूर्णिमा विशेष: को हो तपाइको गुरु ? कसरी गर्ने गुरुहरुको पुजा ? गुरु नहुनेले के गर्ने ?

असार ३१, काठमाडौँ | असार शुक्ल पूर्णिमाको दिन आज देशभरी गुरु पूर्णिमा पर्वको रुपमा मनाईदै छ । यो दिन महर्षि वेदव्यासको जन्म पनि भएको थियो । अतः यसलाई व्यास पूर्णिमा पनि भन्ने चलन छ । यस दिनदेखि ऋतु परिवर्तन पनि हुने गर्दछ । यो दिन शिष्य (बिद्यार्थी)हरुले आफ्नो गुरुको विशेष पूजा गर्ने गरेका छन् । साथै गुरुहरुलाई सद्भावले दक्षिणा, फुल, कपडा तथा बिभिन्न उपहार पनि दिने चलन छ । उपहार दिन नसके पनि गुरुको आस्थाभावको पुजा गर्नाले शिक्षाशक्ति बढ्ने धार्मिक विश्वास रही आएको छ । 

को हो तपाइको गुरु ?

सामान्यतः हामीले आफूलाई औपचारिक रुपमा शिक्षा दिनेलाई मात्र गुरु मान्ने गरेका छौं तर वास्तवमा ज्ञानदिने गुरु मात्र गुरु नभई आफूलाई जन्म जन्मान्तरको संस्कार सिकाउने, प्रेरणा पात्र, ईश्वर भक्तिमा आस्था जगाउने, सद्बुद्धि दिने, ध्यान गर्ने, भगवानको आस्था सिकाउने जो कोहि पनि गुरु हुनसक्छ । 

भनिन्छ जसलाई गुरु मानिन्छ उसको दिशा निर्देशको पालना गर्नुनै गुरुप्रतिको पहिलो पुजा हो । जसले गुरुको आज्ञा पालना गर्दछ, उसलाई आजकै दिन गुरु पुजा गर्नुपर्छ भन्ने अनिवार्य हुँदैन ।  

कसरी गर्ने गुरु पूजा ? 

– गुरुलाई आफूभन्दा उच्च आसनमा बसाउने ।

– फेरी गुरुको पाउमा जल (पानी) ले धोईदिने ।

– फेरी उनको पाउमा पहेलो वा सेतो फुलले पुजा गर्ने।

– त्यसपछि गुरुलाई सेतो वा पहेलो कपडा (वस्त्र) दान गर्ने, त्यसको सट्टामा ध्वजा प्रयोग गर्न पनि सकिन्छ । आजकाल कतिपयले खादा लगाएर पनि गुरुको सम्मान गर्ने गरेका छन् । 

– जति सकिन्छ फल, मिठाई र दक्षिणा चढाउने । दक्षिणा दिन सकिन्न भने फुल चढाउन पनि सकिन्छ । 

– गुरुसंग आफ्नो दायित्व स्वीकार गर्ने प्रार्थना गर्ने ।

गुरु नहुनेले के गर्ने ? 

– हरेक गुरुको पछाडी सत्ताको रुपमा शिवजी रहन्छन् भन्ने विश्वास छ ।

– अतः यदी तपाइको गुरु छैनन् वा आफूबाट टाढा छन् भने शिवलाई गुरु मानेर गुरु पूर्णिमा मनाउन सकिन्छ ।

– श्रीकृष्णलाई पनि गुरु मान्न सकिन्छ ।

– माथिकै विधिमा पुजा गर्नुहोस । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द