असार ३१, काठमाडौँ | असार शुक्ल पूर्णिमाको दिन आज देशभरी गुरु पूर्णिमा पर्वको रुपमा मनाईदै छ । यो दिन महर्षि वेदव्यासको जन्म पनि भएको थियो । अतः यसलाई व्यास पूर्णिमा पनि भन्ने चलन छ । यस दिनदेखि ऋतु परिवर्तन पनि हुने गर्दछ । यो दिन शिष्य (बिद्यार्थी)हरुले आफ्नो गुरुको विशेष पूजा गर्ने गरेका छन् । साथै गुरुहरुलाई सद्भावले दक्षिणा, फुल, कपडा तथा बिभिन्न उपहार पनि दिने चलन छ । उपहार दिन नसके पनि गुरुको आस्थाभावको पुजा गर्नाले शिक्षाशक्ति बढ्ने धार्मिक विश्वास रही आएको छ ।

को हो तपाइको गुरु ?

सामान्यतः हामीले आफूलाई औपचारिक रुपमा शिक्षा दिनेलाई मात्र गुरु मान्ने गरेका छौं तर वास्तवमा ज्ञानदिने गुरु मात्र गुरु नभई आफूलाई जन्म जन्मान्तरको संस्कार सिकाउने, प्रेरणा पात्र, ईश्वर भक्तिमा आस्था जगाउने, सद्बुद्धि दिने, ध्यान गर्ने, भगवानको आस्था सिकाउने जो कोहि पनि गुरु हुनसक्छ ।

भनिन्छ जसलाई गुरु मानिन्छ उसको दिशा निर्देशको पालना गर्नुनै गुरुप्रतिको पहिलो पुजा हो । जसले गुरुको आज्ञा पालना गर्दछ, उसलाई आजकै दिन गुरु पुजा गर्नुपर्छ भन्ने अनिवार्य हुँदैन ।

कसरी गर्ने गुरु पूजा ?

- गुरुलाई आफूभन्दा उच्च आसनमा बसाउने ।

- फेरी गुरुको पाउमा जल (पानी) ले धोईदिने ।

- फेरी उनको पाउमा पहेलो वा सेतो फुलले पुजा गर्ने।

- त्यसपछि गुरुलाई सेतो वा पहेलो कपडा (वस्त्र) दान गर्ने, त्यसको सट्टामा ध्वजा प्रयोग गर्न पनि सकिन्छ । आजकाल कतिपयले खादा लगाएर पनि गुरुको सम्मान गर्ने गरेका छन् ।

- जति सकिन्छ फल, मिठाई र दक्षिणा चढाउने । दक्षिणा दिन सकिन्न भने फुल चढाउन पनि सकिन्छ ।

- गुरुसंग आफ्नो दायित्व स्वीकार गर्ने प्रार्थना गर्ने ।

गुरु नहुनेले के गर्ने ?

- हरेक गुरुको पछाडी सत्ताको रुपमा शिवजी रहन्छन् भन्ने विश्वास छ ।

- अतः यदी तपाइको गुरु छैनन् वा आफूबाट टाढा छन् भने शिवलाई गुरु मानेर गुरु पूर्णिमा मनाउन सकिन्छ ।

- श्रीकृष्णलाई पनि गुरु मान्न सकिन्छ ।

- माथिकै विधिमा पुजा गर्नुहोस ।

Related News