2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेफर्ड कलेजमा मिडिया शिक्षाबारे बहसः पत्रकारिताको उच्च शिक्षामा जोड

साउन ३, काठमाण्डौ । व्यावसायिक पत्रकारिताको लागि अनिवार्य रुपमा पत्रकारिताको उच्च शिक्षा अध्ययन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

आमसञ्चार र पत्रकारिता सम्बन्धी उच्च शिक्षा पठनपाठन गरिरहेको काठमाडौं वानेश्वरको सेफर्ड कलेजले कलेजमा आज आयोजना गरेको मिडिया शिक्षाको अवस्था विषयक अन्तरक्रियाका सहभागीहरुले उक्त आवश्यकता औल्याएका हुन् ।    सो अन्तक्र्रियामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेशराज आर्चायले नेपालमा मिडिया पढ्नुपर्ने बिषय हो की हैन भन्ने कुराको बहस अहिले पनि चलिरहेको छ भन्नुभयो । उहाँले पत्रकारिता पढेर हैन परेर गर्ने कुरा हो भन्ने बुझाई भएको कारण यसको महत्व कम देखिएको तर बिस्तारै सबै क्षेत्रमा यसको आवश्यकता महसुस हुन लागेको बताउनुभयो ।

उहाँले कतिपय सरकारी जागिरमा पत्रकारिता पृष्ठभूमीका कर्मचारीको आवश्यकता देखिने गरे पनि लोकसेवाका विज्ञापनहरुमा प्राथमिकता नदिएकोले त्यसतर्फ सम्बन्धित पक्षको ध्यान पुराउन जरुरी रहेको बताउनुभयो ।

महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता पढेर पत्रकारिता मात्रै गर्नुपर्ने बुझाई नै गलत भएको भन्दै आम सञ्चार अध्ययनले अन्य क्षेत्रहरुमा समेत सहयोग पुग्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा पत्रकार जगत नेपालले पत्रकारको सामाजिक सुरक्षाको अवस्था पनि कमजोर भएको कारण पत्रकारिता शिक्षा र शिक्षा पश्चात व्यावसायिक पत्रकारितामा आर्कषण कम भएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, पत्रकार विजय पौडेल, अविरल थापा, भीम गौतम, जुनारवावु बस्नेत, रविन पोखरेल लगायतले पत्रकारिता शिक्षाको आवश्यकता र व्यावसायिक पत्रकारितामा यसको भूमिका र अवस्थाको बारेमा आआफनो धारणा र सुझाव राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई