2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा विश्वविद्यालयमा नियुक्त गर : डा केसी

भदौ १०, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा नियुक्त गर्नु पर्ने भन्दै दोषी ठहर भएका व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् | केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा सरकारले गठन गरेका जाँचबुझ आयोग तथा समितिले दोषी ठहर गरेका व्यक्तिलाई नियुक्त नगर्न माग गरेका हुन् |

४ वर्षदेखि आफूले अघि सारेका मागहरुलाई वास्ता नगरी पुनः पुरानै प्रक्रिया अपनाइए आमरण अनसनसहित आन्दोलन गर्ने डा केसीले चेतावनी समेत दिएका छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कैलालीको गेटा मेडिकल कलेज र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन उनले सरकारको ध्यानाकर्णण गराएका छन् । विभिन्न मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएसको भर्ना प्रकि्यामा ७५ प्रतिशत छात्रबृत्तिलगायतका बुँदा कार्यान्वयन गरेर भर्ना सुरु गर्न डा केसीले माग गरेका छन् ।

यसअघिको सम्झौता अनुसार इलाम, पाँचथर, उदयपुर, डोटी, डडेल्धुरालगायत प्रदेश २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउनु पर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई