2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक शिक्षा सुधारोन्मुख : मन्त्री बाँस्कोटा

असोज ११, काभ्रे | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज बनेपामा आयोजित विश्व शिक्षक दिवस तथा विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक शिक्षा सुधारतर्फ गइरहेकाले आम नागरिकसमक्ष आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको शिक्षा गुणस्तरोन्मुख छ, त्यसलै आम नागरिकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अपिल गरेको हुँ ।” कतिपय सामुदायिक विद्यालयले अङ्ग्रेजी भाषाबाट शिक्षण गर्न शुरु गरिरहेका उल्लेख गर्दै उहाँले क्रमशः अरु विद्यालयले पनि अनुशरण गरिरहेका बताउनुभयो । 

मन्त्री बाँस्कोटाले कतिपय निजी विद्यालयका भवन जस्तापाताका (असुविधायुक्त) रहेका समेत आफूले देखेकोमा दुःख लागेको उल्लेख गर्नुभयो । “जस्तापाताका निजी विद्यालयमा समेत महङ्गो शुल्क लिइन्छ, सामुदायिक विद्यालयका भवन निकै राम्रा र सुविधायुक्त बनेका छन्, यससँगै शैक्षिक गुणस्तरमा फड्को मार्दैछ” उहाँले भन्नुभयो । 

आफ्नो भ्रमणका क्रममा जनकपुरस्थित एक सामुदायिक विद्यालयमा दुई हजार ६०० विद्यार्थी रहेको पाएको स्मरण गराउँदै उहाँले निजी विद्यालय नभएर त्यस स्थानमा एउटै विद्यालयमा ठूलो सङ्ख्यामा विद्यार्थी भएको भन्नु गलत सावित भएको बताउनुभयो । मन्त्री बाँस्कोटाले सरकारले शैक्षिक नीति सुधार गर्दा शैक्षिक विज्ञबाट सुझावको अपेक्षा गरेको बताउनुभयो । 

“नीति बनाउँदा सरकार शैषिक विज्ञको सुझव ग्रहण गर्दछ, कसैलाई काखा र कसैलाई पाखा गरी व्यवहारमा आउन नसक्ने नीति बनाउँदैन, तपाईहरु ढुक्क हुनुहोस्”, उहाँले भन्नुभयो । सरकारको ‘डिजिटिलाइजेसन’ कार्यक्रमअन्तर्गत एक हजार विद्यालयमा इन्टरनेटसहितको कम्प्युटर ल्याब व्यवस्थापनको तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो । 

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष विष्णु पोखरेल, सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष माधवप्रसाद अधिकारी, सङ्गठनका ३ नं प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई