2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविद्वारा स्नातकोत्तर तहमा श्रम शिक्षा पढाई शुरु गर्दै, चार सेमष्टरका लागि १९ वटा ‘पेपर’ तयार

कात्तिक ४, काठमाडौँ । श्रम क्षेत्रको विश्वव्यापीकरणलाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि श्रम शिक्षा अध्यायन गराउने तयारी थालेको छ । पहिलो चरणमा स्नातकोत्तर तहमा श्रम विषय अध्ययन गराउन विश्वविद्यालयले सम्पूर्ण तयारीलाई अन्तिम चरणमा पुर्याएको  छ । 

मानविकी तथा सामाजिक शास्त्र सङ्कायमार्फत स्नातकोत्तर तहमा श्रम शिक्षा अध्यायन गराउन विश्वविद्यालय र ट्रेड युनियन लगायत सरोकारवाला जुटेका छन् । जसअनुसार त्रिविले स्नातकोत्तर तहमा पढाइ हुने श्रम विषयका पाठ्यक्रमको समेत प्रारम्भिक प्रारुप तयार गरिसकेको छ । 

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको ‘विश्वविद्यालय तहमा श्रम शिक्षा’ विषयको अन्तरक्र्रियामा त्रिविको जनसङ्ख्या विभागका प्राध्यापक केशव अधिकारीले चार सेमष्टरमा अध्ययन गराउने गरी १९ वटा ‘पेपर’ तयार गरिएको जानकारी दिए । पहिलो र दोस्रो सेमेष्टरलाई सैद्धान्तिक र तेस्रो र चौथो सेमेष्टरलाई प्रयोगात्मकमा जोड दिइएको उनले बताए । ‘शोधपत्र’ लाई अनिवार्य गरिएको छ । 

ग्लोबल लेबर युनिभर्सिटी (जिएलयु)को पाठ्यक्रमलाई आधार आधार मानेर त्रिविले पनि पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रमलाई यही साताभित्र स्वीकृति गरिने प्राध्यापक अधिकारीले बताए  । सो अवसरमा ट्रेड युनियन पोलिसी इन्टिच्युडका प्रमुख उमेश उपाध्यायले श्रमसम्बन्धी अध्ययन, समानता प्रवद्र्धन, असमानता न्यूनीकरण तथा असल श्रम सम्बन्ध कायम गर्न श्रम शिक्षाको आवश्यकता रहेको बताए  । श्रम शिक्षाको अध्ययन/अध्यापन अगाडि बढाउन सरकारले पूर्वाधार विकासमा सहयोग गर्नुपर्ने, वित्तीय सहयोग तथा छात्रवृत्ति दिनेतर्फ सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

प्रमुख उपाध्यायले श्रम शिक्षा शुरु भएसँगै श्रम र श्रमिकबीचको सम्बन्धमा प्रवृत्तिगत परिवर्तन आउने, सिङ्गो समाजको सोच परिवर्तन हुने, कार्यस्थलमा आपसी संवाद तथा सहकार्य, असल श्रम सम्बन्धको विकास भई दीर्घकालीन लाभ हासिल हुने अपेक्षा गरेका छौं उनले भने “श्रम क्षेत्रमा हुने अध्ययन अनुसन्धानमा सहयोग पुग्नुका साथै नीतिगत हस्तक्षेपमा पनि सघाउ पुग्नेछ ।” 

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि ईश्वर श्रेष्ठले श्रम शिक्षाले श्रम बजारका साथै उद्यमी बन्न पनि प्रेरित गर्नुपर्ने जोड दिए । औद्योगिक वातावरणलाई समृद्ध बनाउन सहयोग गर्ने गरी पाठ्यक्रम निर्धारण गर्न उनले सुझाव दिए । 

नेपाल उद्योग परिसङ्घका महानिर्देशक मेघनाथ न्यौपानेले उत्पादकत्व वृद्धि, श्रम तथा श्रमिकको महत्वको विषयलाई पाठ्यक्रममा समावेश गर्न सुझाव दिए । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले विद्यालयस्तरमा पनि श्रमप्रति सम्मान जगाउनेसम्बन्धी पाठ्यक्रम लागू गरिएको बताए  । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का नेपाल निर्देशक रिचार्ड हावर्डले श्रम शिक्षा अध्ययनमा आइएलओको पूर्ण सहयोग रहने बताए । सो क्रममा सांसद डा बिन्दा पाण्डेले लामो समयको प्रयत्नपछि श्रम शिक्षा अध्ययनले मूर्त रुपमा पाउन लागेकामा खुसी व्यक्त गर्दै सरोकारवालोका वृहद् छलफलबाट यसलाई थप समृद्ध बनाइनुपर्नेमा जोड दिइन्  ।

कुन कुन विषय पढाई हुन्छ ?

चार सेमेष्टरमा अध्यायपन हुने सो कार्यक्रममा पहिलो समेष्टरमा ‘श्रम शिक्षाको परिचय’, ‘श्रम शिक्षाको सैद्धान्तिक आधार’, ‘समाज, संस्कृति र श्रम’, ‘श्रम बजार र अर्थतन्त्र’ तथा ‘श्रम आप्रवासन’ विषय अध्ययन गराइने त्रिविको तयारी छ ।यसैगरी दोस्रो सेमेष्टरमा ‘श्रम मापदण्ड र श्रम कानून’, ‘विश्वव्यापीकरण र श्रम’, ‘श्रम तथ्याङ्क’, ‘मानव अधिकार तथा श्रम अधिकार’, र ‘लैङ्गिक तथा श्रम’ विषय अध्ययन गराइने छ । 

तेस्रो सेमेष्टरमा अनिवार्य रुपमा ‘अर्थतन्त्र र अनौपचारिक क्षेत्र’, ‘मानव संशाधन प्रक्षेपण तथा रणनीति’ र ‘व्यवसाजयन्ज स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षा’ तथा ऐच्छिक रुपमा ‘सामाजिक संवाद तथा सौदावाजी’, ‘नेपाली समाज रुपमान्तरणमा श्रम आन्दोलन’, र ‘श्रम जानसङ्ख्कि’ अध्ययन गराउन सकिने गरी पाठ्यक्रम निर्माण गरिँदै छ । चौथो समेष्टरमा ‘लेबर रिसर्ज मेथोडोलोजी’, ‘नेपालको गरिबी, असमानता र रोजगारी’, ‘श्रम कुटनीति र मानवीय सुरक्षा’ र शोधपत्र राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई