2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम बुद्ध :

पुस १२, काठमाडौँ | बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले संसारमा निकै मार्मिक र मर्यादित शन्देस दिएका छन् | उनको जीवनको प्रेरक प्रसंगबाट हरेक समयमा कुनै न् कुनै ज्ञान अवश्य सिक्न सकिन्छ | आजको समय सँग पनि उतिकै मात्रामा मेल खाइ रहेका गौतम बुद्धका यी मार्मिक सन्देशले अवश्य पनि जीवनलाई सहि मार्गमा डोर्याउन मदत गर्ने छ |

संसारलाई अध्यारो मार्गबाट उज्यालो र जीवनका अनेक दुखलाई भुलेर शान्तिको अनुभूति कसरी गर्ने भन्ने शिक्षा उनको जीवनीबाट प्राप्त गर्न सकिन्छ | यस्तै एउटा उपदेश दिने क्रममा बुद्धले भनेका थिए”‘क्रोध यस्तो अग्नी हो जसले क्रोध गर्ने व्यक्ति आफैं पनि जल्छ र अरुलाई पनि जलाउँछ |”

उनको यो उपदेश सुनेर एक जनाले भने ‘बुद्ध तिमी पाखण्डी हौ’, तिमि मानिसलाई भ्रममा पारिरहेका छौ,ठुला कुरा गर्नु तिम्रो काम हो, तिमीले दिएको उपदेशको कुनै काम छैन’ एकजना रिसाह व्यक्तिले बुद्धलाई भनेका थिए |

त्यति मात्र भनेनन्, ति व्यक्तिले बुद्धलाई गालि समेत गरे,उनको गालि बुद्धले राम्रो सँग सुनिरहेका थिए | बुद्धले उनको गालि सुनेको देखेर ति व्यक्तिले त्यति मात्रै गरेनन बुद्धकै मुखमा थुकेर समेत हिडे | उनको गालि शान्ति र ध्यानपूर्वक सुनेको देखेर सबै मानिस अचम्मित भए | बुद्धलाई गालि गरेर मुख मा थुकुन्जेल सम्म कुनै प्रभाव परेन् |

उपदेश दिइरहेको ठाउँबाट बुद्ध उठेर अन्तै हिडिसकेका थिए | तर ति व्यक्ति बुद्धलाई गालि गरेर घर गएपछि निकै पश्ताचापले सतायो र उनले सोचे, बुद्धसँग क्षमायाचना माग्नुपर्छ भन्ने निधो गरे | तर बुद्धलाई उनले जुन ठाउँमा गालि गरेका थिए त्यो ठाउँमा बुद्धलाई भेटेनन | बुद्ध उपदेश दिनको लागि अर्कै ठाउँमा हिडीसकेका थिए |

बुद्धलाई खोज्दै ति गालि गर्ने व्यक्ति हिडे, र अर्को ठाउँमा बुद्धलाई देख्ने बितिक्कै उनको खुट्टा ढोगे | उनलाई बुद्धले भने, ‘तिमी को हौ र मसँग किन क्षमा मागिरहेको छौ ?’ ती व्यक्तिले भने, ‘तपाईंले बिर्सनुभयो ? मैले तपाइको अपमान र गालि गरेको थिए |

उनको प्रश्नको जवाफ दिंदै बुद्धले भने, ‘हिजोको कुरा त मैले त्यहाँ नै छोडेर आइसकेको छु र तिमी भने त्यहाँ नै रोकिएको छौं ? तिमीलाई गल्तीमाथि पछुतो छ र तिमीले पश्चाताप गर्यौ | “जसले गर्दा तिमीले पापबाट मुक्ति पायौं” | “विगतको कुरालाई सम्झेर आज हाम्रो बर्बाद हुन्छ ” र “यहि सोचका कारण हाम्रो भविष्य समेत अन्धकार बन्छ” त्यसैले बितिको कुरालाई हामी बिर्श्नु पर्छ, र आफ्नो निरन्तर क्रममा अघि बढ्नु पर्छ, बुद्धले उनलाई भने |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई