2026-09-19 06:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौं महानगरपालिका

असार २, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न मेगा हल निर्माण गर्ने भएको छ । 

काठमाडौँको भृकुटी मण्डपमा अवस्थित उक्त क्षेत्रफलमा निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भइसकेको छ । उपत्यकाको बास्तुकलालाई समेत ध्यानमा राखेर नगरपालिकाको शहरी योजना आयोगले उक्त मेगाहलको प्रस्तावित डिजाइन तयार पारेको हो । “एक लाख १४ हजार वर्गमिटरको पाँचतले मेगाहल निर्माणका लागि प्रस्तावित डिजाइन तयार पारिएको छ”, आयोगका उपाध्यक्ष सरोज बस्नेतले भन्नुभयो, “दुई सय १२ रोपनी क्षेत्रफलमध्ये करीब ६० प्रतिशतमा हरियाली बगैँचा र ४० प्रतिशतमा मेगा हल निर्माण हुनेछ ।” उहाँले मेगा हल निर्माण गर्दा खुला क्षेत्र र हरियालीलाई प्राथमिकता दिएर डिजाइन तयार पारेको जानकारी दिनुभयो ।

“प्रस्तावित डिजाइनमै अहिले भैरहेका भौतिक संरचनाभन्दा निकै कम निर्माण गर्ने गरी योजना अघि सारेका छौँ”, उहाँले भन्नुभयो, “यहाँ मात्रै होइन महानगरपालिका भित्रका पार्कलगायत अन्य डिजाइनहरुमा पनि खुला क्षेत्र र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएका छौँ ।” 

उक्त भवनका दुई तलामा एक हजार कार अटाउने पार्किङ हुनेछ भने दुई सय जना अटाउने छ वटा मिटिङ हल, चार सय ५० जना अटाउने तीन वटा कन्फरेन्स हल र तीन हजार अटाउने अडिटोरियम हल एउटा रहने छ । “मेगा हलमा एकै पटक दुई हजारसम्म अट्ने दुई वटा प्रर्दशनी हलसहितको डिजाइन तयार पारेका छौँ”, उपाध्यक्ष बस्नेतले भन्नुभयो, “नवप्रर्वद्धन केन्द्र छ वटा रहने छन् भने पाँच वटा स्वागत कक्षको डिजाइन तयार पारेका छौँ ।” 

यो मेगा हलमा २२ वटा लिफ्ट र १२ वटा एस्कालेटर रहने छन् । उपाध्यक्ष बस्नेतका अनुसार ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा राखेर दीर्घकालिन र अल्पकालिन सोँचसहित मेगाहलको डिजाइन तयार पारिएको छ । “हामीले डिजाइनमा चार स्थानबाट प्रवेश र दुई स्थानबाट निकासद्वारको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा साल्ट टे«निङ, भद्रकाली र भृकुटी मण्डपबाट प्रवेशको व्यवस्था हुनेछ । धरहरा निर्माण सम्पन्नपछि धरहराबाट सिधै टुँडिखेलबाट अन्डरपाससहित मेगा हल प्रवेश गराउने गरी डिजाइन तयार पारेका छौँ ।” बस्नेतका अनुसार रु १२ अर्बको लगानीमा निर्माण गर्न लागिएको यो हलमा ग्रिन रुम, फुडकोड, सार्वजनिक शौचालय, रेष्टुरेन्ट, सभाहल, प्रदर्शनीहललगायत रहने छन् । “यो हलको छानो र पिल्लरहरु पनि मौलिक खालका हुनेछन्”, उहाँले भन्नुभयो,  “हामीले बास्तुकलालाई समेत ध्यानमा राखेर डिजाइन तयार पारेका छौँ ।”

उपाध्यक्ष बस्नेतले कोरोनाको महामारीबाट मुलुक लयमा फर्किने वित्तिकै कामलाई तीव्ररुपमा अघि बढाइने बताउनुभयो । समाज कल्याण परिषद् मातहतमा रहेको उक्त जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्न सम्वन्धित निकायसँग सहमतिको लागि आवश्यक पत्राचार भै प्रक्रिया अघि बढिसकेको पनि उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई