Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दै

By साझासवाल 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

प्रकाश सिलवाल। असार २५,काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन गरेपछि कुनाकाप्चाका अभिभावक र विद्यार्थीलाई राहत मिलेको हो ।

कृष्णमायालाई हरेक दिन बिहान मोबाइलमा ‘रेडियो रोशी १०१.६ मेगाहर्ज’ सुनेर खुशी हुँदै छोरी डोल्मा तामाङलाई गृहकार्य गराउने नयाँ जिम्मेवारी थपिएको छ । डोल्मा स्थानीय जनक माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्छिन् । नमोबुद्धकै स्थानीयवासी निशा मोक्तानले पनि सूचना र सञ्चारको उपयोग गरी मोबाइलमा रेडियो सुनेर छोरी सबु मोक्तानलाई गृहकार्य गराउने गरेको सहर्ष सुनाउनुभयो ।

विज्ञसहितको उच्चस्तरीय समितिको सुझावाका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाइ प्रणालीलाई मान्यता दिएसँगै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन गरेपछि  बालबालिकाले पढ्न लेख्न नै बिर्सने हो कि भन्ने कृष्णमायाहरुको चिन्ता अब हटेको छ । राष्ट्रियस्तरका रेडियो र टेलिभिजनले पनि यस्ता पढाइ सञ्चालन गरिरहेकामा उक्त स्थानीय सामुदायिक रेडियोले ‘अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरु’का बालकक्षादेखि तीन कक्षासम्मका पाठहरु पठाउँदै आएकाले स्थानीय अभिभावकलाई सहज भएको हो । हरेक दिन बिहान १०ः५० देखि ११ः२० सो रेडियोबाट सिकाइ कक्षा सञ्चालन हुने गरेको छ ।

मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बनाएको उक्त स्वअध्ययन पुस्तकमा रेडियो सुनेर गराउन सकिने गृहकार्यबारे स्रोत सामग्री उपलब्ध छ । जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पोखरेलले बालबालिकालाई घरमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरु रेडियोबाट पढाउँदा प्रभावकारी देखिएको बताउँदै विद्यार्थीले रेडियोलाई शिक्षक/शिक्षिका मानेर गृहकार्य गर्ने गरेको सुनाउनुभयो । बेथानचोक गाउँपालिका–५ स्थित आत्मविकास माध्यमिक विद्यालयका शिक्षक गोविन्द अधिकारीले रेडियो कक्षाको प्रभावकारिताका कारण अभिभावक खुशी भएको र शिक्षकले ती विद्यार्थीलाई पनि सम्पर्कमा राखेर पढाइबारे जानकारी लिने गरेको बताउनुभयो ।

काभ्रेको नाङशाल एशोसिएशन नेपालले बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सहकार्य तथा ‘सेभ द चिल्ड्रेन’, ‘वी वल्र्ड अनलस’को सहयोगमा ती पालिकाका बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका सम्पूर्ण बालबालिकाको हातहातमा ती पाठ्यसामग्री पु¥याएको छ । रेडियो रोशीका स्टेशन म्यानेजर गुणराज मोक्तानले अभिभावकहरु सबै साक्षर र प्रविधिमा सक्षम नभए पनि उक्त पुस्तकमार्फत सिकाइ क्रियाक्रलापमा सहजताका लागि  रेडियोबाट कक्षा सञ्चालन गरिएको जनाउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रेडियोमार्फत सञ्चालित स्वअध्ययन पाठ्यपुस्तक कक्षा प्रभावकारी भएपछि यस्ता प्रसारणलाई विस्तारको योजना बनाएको छ । केन्द्रका उपमहानिर्देशक इमनारयण श्रेष्ठले स्वअध्ययन पाठ्यसामग्रीमा आधारित रेडियो कक्षा अन्य रेडियोमार्फत पनि देशभरि नै पठाइने बताउनुभयो ।

सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन आग्रह गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी यही असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो । निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिने जनाइएको छ । सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहहरुमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ ।

आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षणअनुसार मुलुकभर सञ्चालित ३५ हजार ५२० विद्यालयमध्ये २९ हजार ६०७ सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमध्ये आठ हजार ३६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । यी विद्यालयमध्ये तीन हजार ६७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन् ।

मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ः०० देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः  कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन् । कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेटटिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन भइरहेको छ । गत जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४ दशमलव ६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विषयमा कक्षा सञ्चालन गरेको छ । निजी तथा आवासीय विद्यालयको सहकार्यमा पनि विभिन्न सञ्चारमाध्यमबाट सिकाइ भइरहेको छ । रासस